Logo

मंगलवार, भाद्र ९ गते २०८३

images
२०८३, भाद्र ९ गते
images

ट्राफिक असई ठाकुर, यादव, साह र चौधरी अवैध असुली धन्दामा लिप्त

ट्राफिक असई ठाकुर, यादव, साह र चौधरी अवैध असुली धन्दामा लिप्त

इच्छाकामना न्युज

११, श्रावण २०७८
ट्राफिक असई ठाकुर, यादव, साह र चौधरी अवैध असुली धन्दामा लिप्त

सर्लाही, ११ साउन । 
सर्लाहीको हरिवन,नयाँरोड धर्मकाँटा,फुलजोर र लालबन्दीमा रहेका ट्राफिक प्रहरी प्रमुखहरु कमिसन उठाउनमा लिप्त भएका छन् ।  यी चारै स्थानमा ट्राफिक प्रहरी असईको कमाण्ड रहेको छ भने सबैको कुनै न कुनै रुपमा सम्बन्ध वा पहिचान जोडिएको छ । जस्तो सम्बन्ध र पहिचान जोडिएको छ त्यस्तै कमाउ धन्दामा पनि मन मिलेको पाइएको छ । 

images

उनीहरुले अटो रिक्सा, म्याजिक देखि लिएर बस, ट्रक, ट्याक्टर र टिपर सम्म कमिसन उठाउने गेका स्रोतले बताएको  छ । उनिहरुले भन्सार छलीका सामान देखि लिएर  र इटा भठ्ठाबालहरुसँग समेत कमिसन रकम असुल्ने गरेका छन् ।  ट्राफिक प्रहरीको काम सवारी साधनको चेकजाँच गर्ने भएपनि कमिसन नदिने सवारी साधनहरु र त्यसका सञ्चालकहरुलाई अनावश्यक दुख दिने,तर कमिसन दिने सवारी साधनतिर जे जे गरेपनि ध्यान नदिने गरेको सवारी साधनका धनी तथा सवारी चालकहरुको गुनासो छ । 

एउटा सवारी साधनले मासिक रु ५ सयदेखि रु २ हजार समम पनि कमिसन बुझाउने गरेका पाइएको छ । नयाँरोड९धर्मकाँटा०मा प्रदेश २ प्रदेश ट्राफिक प्रहरी कार्यालय पथलैयाका कार्यालय प्रमुख प्रहरी उपरिक्षक हिमालय कुमार श्रेष्ठले सिधैँ असई शैलेन्द्र ठाकुरलाई पठाएका छन् । उनको नयाँरोड९धर्मकाँटा०मा प्रवेश भएदेखि काँटा नै नगरी चल्ने मालवाहक सवारी साधनको संख्या बढेको ट्राफिक प्रहरीहरुले नै बताउने गरेका छन् । राम्रो कमाई हुने ठाउँको रुपमा परिचित नयाँरोड९धर्मकाँटा०मा सबैजसो ट्राफिक प्रहरीहरुको नजर पुग्ने गरेको हुन्छ ।

त्यसैगरी हरिवनमा रहेका ट्राफिक प्रहरी प्रमुख असई शम्भु राय यादवले पनि अटो रिक्सा,म्याजिक देखि लिएर बस, ट्रक, ट्याक्टर र टिपर सम्म कमिसन उठाउने काममा व्यास्त रहेका छन् । उनले  इटा भठ्ठाबालहरु, ट्याक्टरहरुसँग समेत कमिसन रकम असुल्ने गरेका छपाइएको छ । 

यता, लालबन्दी र फुलजोरका ट्राफिक प्रहरी प्रमुख असई शुबोध कुमार साह र प्रमुख प्रभु नारायण चौधरी पनि अटो रिक्सा,म्याजिक देखि लिएर बस, ट्रक, ट्याक्टर र टिपर सम्म कमिसन उठाउने काममा व्यास्त रहेका छन् । उनीहरुले  इटा भठ्ठाबालहरु, ट्याक्टरहरु, टिपरहरुका साथै तरकारी र माछाका गाडीसंग समेत कमिसन उठाउने गरेका पाइएको छ । 

आफुहरु कमिसनको माम्लामा निकै सर्तक रहेको र शुन्य भ्रष्टाचारको नीतिमा हिडेको बताउने उनिहरुको देखाउने दाँत एउटा र गर्ने काम अर्को रहेको ट्राफिक प्रहरीहरुले नै बताउने गरेका छन् ।

कसम खानु पर्दा आमा छोराछोरीको नाममा कसम खाने र कमिसन उठाउन पनि नछाड्ने उनिहरुले अरु ट्राफिक कर्माचारीहरुले नियन्त्रणमा लिएका सवारी साधनहरुलाई समेत कमिसनको बार्गेनीङ गरेर कमिसन मिलेमा कार्बाही नगरी छाड्ने गरेको पाइएको छ । ट्राफिक प्रहरीले केही रकमको लागि सवारी साधनहरुलाई कारवाहीमा पर्ने गरेको भएपनि प्रायः सबै गाडीबालाहरुसँग रकम असुलिरहेका खुलेको छ । 

सबै सवारी साधनहरुसंग सेटिङ्ग गरेका उनिहरुले चेकिङगको समयमा त्यस्ता सवारी सानधहरु फेला परेमा आवश्यक कागजात साथमा लिने र पछि भेट्ने संकेग गर्ने गरेका पाइएको छ । कमिसन नदिने सवारी साधनहरुलाई एउटै गल्तीमा एकै दिनमा एउटै सवारी सानधलाई तीन पटक समेत कार्बाही गर्ने गरेको पनि सवारी धनीहरुको गुनासो छ ।

सर्लाहीका नदीहरुबाट अहिले पनि उत्खनन चलि रहेको छ । नदी उत्खन्न गरी ल्याएको बालुवा समेत नछोपी लिएर हिड्दा समेत कमिसन बुझाउने गरेका सवारी साधनहरुलाई कार्बाही नगरेको पाइएको छ भने कमिसन नबुझाउने सवारी साधनहरुलाई  विभिन्न बाहना बनाएर  कार्बाही गर्न निर्देशन दिनेगरेको ट्राफिक प्रहरीहरु कै भनाई छ । 

उनिहरु अहिलेको प्रदेश २ प्रदेश ट्राफिक प्रहरी कार्यालय पथलैयाका ट्राफिक प्रहरी उपरिक्षक श्रेष्ठले कमाउनै नदिनेको भन्दै “पहिलाको एसपी नै ठिक थियो, कमाउँथ्यो पनि र काम पनि गर्दथ्यो, अहिले त खराब प्रहरी उपरिक्षक आएको छ फिटिक्क केही गर्न दिँदैन भन्दै कमाउन नपाएको आक्रोस प्रहरी उपरिक्षक श्रेष्ठमाथी पोख्दै कमाउ धन्दा चलाईरहेका छन् ।” यसबाट पनि के बुझ्न सकिन्छ भने राम्रो कमाई नहुँदा उनिहरु प्रहरी उपरिक्षक प्रति आक्रोसित भएका छन् ।

images
प्रकाशित मिति :श्रावण ११, २०७८ सोमवार - २१:५४:४८ बजे

इच्छाकामना न्युज

इच्छाकामना ब्रोडकाष्टिङ मिडिया प्रा. लि. द्वारा संचालित डिजिटल अनलाईन पत्रिका इच्छाकामना न्युज डटकम २०७४ साल जेठ देखि संचालनमा रहेको नेपाली भाषाको अनलाईन न्युज पोर्टल हो। ‘अब गाउँको खबर विश्वभर...’ भन्ने अभियानका साथ संचालित इच्छाकामना न्युज अनलाईन चितवनको इच्छाकामना गाउँपालिकाबाट संचालित पहिलो अनलाईन पनि हो। विशेष गरेर चितवनको इच्छाकामना गाउँपालिका सहित आसपासका स्थानीय तहहरु गोरखाको शहिद लखन र गण्डकी, तनहुँको आँबुखैरेनी र देवघाटका साथै धादिङको बेनिघाट रोराङ गाउँपालिकाको स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा, अपराध, कृषी, पर्यटन, सडक, विज्ञान–प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचारहरु हामी प्राथमिकताका साथ प्रकाशन गर्ने गर्छौ।

images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology