देवघाट, २ साउन । देवघाट ब्याडमिन्टन संघको प्रथम बार्षिकोत्सवको अवसर आयोजनामा स्वास्थ्यका लागि खेलकुद राष्ट्रको लागि खेलकुदू भन्ने मुल नाराका साथ आयोजित खुल्ला ब्याडमिन्टन प्रतियोगिताको उपाधी चक्रमवतिले उचाल्न सफल भएको छ। फाइनल खेलमा घण्टाचुलीलाई सोजो सेटमा पछि पर्दै उपाधी चक्रवतिले उचालेको हो।
कार्यक्रमको प्रमुख अतिथि देवघाट गाउँपालिका अध्यक्ष दुर्ग बहादुर थापाले खुल्ला ब्याडमिन्टन प्रतियोगितामा चक्रवतिका सुकु गुरुङ र बल बहादुर क्षेत्री प्रथम र सुजन गुरुङ र ट्ंकप्रसाद लामिछाने द्दितिय हुन सफल घण्टाचुलीका खेलाडीहरुलाई पुरस्कार प्रदान गरे।
कार्यक्रममा अध्यक्ष थापाले खेलकुद क्षेत्रका सवै खेलहरुले मानिसको मानसिक र शारीरिक दुवैलाई तन्दुरुस्त राख्न महत्त्वपूर्ण भुमिका रहने बताए साथै उनले दुव्यसनीमा लागेका ब्याक्तीहरुलाई पनि खेलकुदले सहि मार्गतिर डोर्याउन सकिने उहाँले बताए।
देवघाट गाउँपालिकाले खेलकुद बिकासको निम्ति आगामि आर्थिक वर्षमा मधुचन्द्र कवर्ड हल, देवघाट गाउँपालिका स्तरिय स्थानीय खेलग्राम कोटा रंगशाला र भर्जन खोला रंगशाला लगाएत अधुरो रहेको निर्माण खेलग्रामलाई विशेष प्राथमिकता राख्ने उनले बताए।
सोही समारोहमा घण्टाचुलि गण्डकी प्रदेश कै उत्कृष्ट पर्यटकीय स्थल हो जहाँ पर्यटकको लागि क्यामफाएर गर्न मिल्ने, पिकनिक स्थान, एकान्त वातावरण, रमणीय, हरियाली, हिमालपहाड सुन्दर दृश्य देखिने भएकोले घण्टाचुलि पनि उत्कृष्ट स्थल रहेको अध्यक्ष थापाले बताए ।
सो कार्यक्रममा देवघाट युवा तथा खेलकुदका अध्यक्ष सुकु गुरूङ, युवासंघ नेपालका केन्द्रीय सदस्य एवं देवघाट खेलकुदका उपाध्यक्ष सान श्रेष्ठ, समाजसेवी चन्द्रप्रकाश दवाडी लगाएतका उपस्थिति रहेको थियो भने देवघाट ब्याडमिन्टन संघ अध्यक्ष अनिल मिश्रको अध्यक्षता कार्यक्रम सम्पन्न भएको थियो।