Logo

मंगलवार, भाद्र ९ गते २०८३

images
२०८३, भाद्र ९ गते
images

प्रदेश २ को मन्त्रिपरिषद् विस्तार गरिँदै, सञ्चारमन्त्री यादवले राजीनामा दिने 

प्रदेश २ को मन्त्रिपरिषद् विस्तार गरिँदै, सञ्चारमन्त्री यादवले राजीनामा दिने 

सिआईएन

२, श्रावण २०७८
प्रदेश २ को मन्त्रिपरिषद् विस्तार गरिँदै, सञ्चारमन्त्री यादवले राजीनामा दिने 

जनकुपर, २ साउन । प्रदेश २ का मुख्यमन्त्री लालबाबु राउतले आज मन्त्रिपरिषद् विस्तार गर्नुहुने भएको छ । नेकपा (माओवादी केन्द्र) लाई सहभागी गराउँदै मुख्यमन्त्री राउतले मन्त्रिपरिषद् विस्तार गर्न लाग्नुभएको उहाँको निजी सचिवालयले जनाएको छ ।

images

माओवादी संसदीय दलका नेता भरत साहलाई आन्तरिक मामिला तथा सञ्चार मन्त्रालयको जिम्मेवारी दिने तयारी भएको छ । यसअघि यो मन्त्रालयको जिम्मा पाउनुभएका जनता समाजवादी पार्टीका नेता ज्ञानेन्द्र यादवलाई राजीनामा गराएर साहलाई मन्त्रिपरिषद्मा सहभागी गराउन लागिएको हो ।

सीआईएनसँग कुराकानी गर्दै यादवले आफूले छोडेपछि साहलाई उक्त मन्त्रालयको जिम्मेवारी दिने खबर पाएको र केही बेरमा राजीनामा दिन लागेको बताउनुभयो । संयुक्त सरकार बनाउनुपर्छ भन्ने मान्यतालाई स्थापित गर्नका लागि आफूले राजीनामा दिन लागेको उहाँले जानकारी दिनुभयो ।

माओवादी केन्द्रकै तर्फबाट रुबी कर्णलाई राज्यमन्त्रीमा नियुक्त गर्ने तयारी मुख्यमन्त्री राउतको छ । महोत्तरी क्षेत्र नम्बर १ को ‘ख’ बाट निर्वाचित साह र सप्तरीकी समानुपातिक सांसद कर्णले आज शपथ लिने तयारी भएको माओवादी केन्द्र संसदीय दलका सचेतक दिलीपकुमार साहले सीआईएनसँग बताउनुभयो । 

images
प्रकाशित मिति :श्रावण २, २०७८ शनिवार - ०९:११:२२ बजे

सिआईएन

सामुदायिक रेडियो प्रसारक संघ (सिआईएन) देशभरका सामुदायिक रेडियोहरुको साझा संस्था हो । इच्छाकामना न्युज डटकमले पनि मनकामना एफ एम ९८.७ मेगाहर्जमा मार्फत सिआईएनसँग समाचारको लागि साझेदारी गर्ने गर्छ ।

सम्बन्धित समाचार
images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology