Logo

सोमवार, कार्तिक १० गते २०८३

images
२०८३, कार्तिक १० गते
TRENDING
images

माओवादी केन्द्र पार्टी वैधानिक रहेको निर्वाचन आयोगको निर्णय 

माओवादी केन्द्र पार्टी वैधानिक रहेको निर्वाचन आयोगको निर्णय 

images

इच्छाकामना न्युज

२७, आषाढ २०७८
माओवादी केन्द्र पार्टी वैधानिक रहेको निर्वाचन आयोगको निर्णय 
images

काठमाण्डौ, २७ असार । निर्वाचन आयोगले नेकपा माओवादी केन्द्र पार्टी वैधानिक रहेको निर्णय गरेको छ । आज बसेको आयोगको बैठकले संवैधानिक र कानूनी शर्त पूरा गरी दर्ता कायम रहेको नेकपा माओवादी केन्द्रको वैधानिकतामा प्रश्न उठाउन नमिल्ने निर्णय गरेको हो ।  

माओवादी केन्द्रको वैधानिकतामा प्रश्न उठाई आयोगमा अधिवक्ता सरोज बुढाथोकी मार्फत  हाल नेकपा एमालेमा रहेका पूर्वमाओवादी नेताहरुले निवेदन दिएका थिए । निवेदनमा नेकपा माओवादी केन्द्रले २०६९ सालयता महाधिवेशन नगरेको भन्दै वैधानिकतामा प्रश्न उठाइएको थियो ।

आयोगले माओवादी केन्द्र संवैधानिक र कानुनी शर्त पूरा गरी दर्ता कायम रहेको देखिएकाले वैधानिकतामा प्रश्न उठाउन नमिल्ने ठहर गरेको छ भने माओवादी केन्द्र दल वैधानिक रहेको पुष्टि गर्न विभिन्न उदाहरणहरु दिएको छ ।

माओवादी केन्द्रले २०७३ मंसिर ३० गते दल दर्ता गरेको र उसले २०७४ सालको प्रतिनिधिसभा निर्वाचनमा भाग लिन पनि दल दर्ता गरेको उल्लेख गरेको छ ।  सर्वोच्च अदालतले नेकपा एमाले र माओवादी केन्द्र मिलेर बनेको नेकपा फुटेपछि ति दल अब अलग–अलग हुने गरि गरेको फैसला पछि पनि नेकपा माओवादी केन्द्र अस्तित्वमा रहेको पनि आयोगले जनाएको छ ।

images
प्रकाशित मिति :आषाढ २७, २०७८ आइतवार - २०:०८:२४ बजे

इच्छाकामना न्युज

इच्छाकामना ब्रोडकाष्टिङ मिडिया प्रा. लि. द्वारा संचालित डिजिटल अनलाईन पत्रिका इच्छाकामना न्युज डटकम २०७४ साल जेठ देखि संचालनमा रहेको नेपाली भाषाको अनलाईन न्युज पोर्टल हो। ‘अब गाउँको खबर विश्वभर...’ भन्ने अभियानका साथ संचालित इच्छाकामना न्युज अनलाईन चितवनको इच्छाकामना गाउँपालिकाबाट संचालित पहिलो अनलाईन पनि हो। विशेष गरेर चितवनको इच्छाकामना गाउँपालिका सहित आसपासका स्थानीय तहहरु गोरखाको शहिद लखन र गण्डकी, तनहुँको आँबुखैरेनी र देवघाटका साथै धादिङको बेनिघाट रोराङ गाउँपालिकाको स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा, अपराध, कृषी, पर्यटन, सडक, विज्ञान–प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचारहरु हामी प्राथमिकताका साथ प्रकाशन गर्ने गर्छौ।

सम्बन्धित समाचार
images
images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology