Logo

मंगलवार, भाद्र ९ गते २०८३

images
२०८३, भाद्र ९ गते
images

गाउँपालिकासँगको सहकार्यमा देवघाटको भुजेल बस्तीमा रोटरी क्लब नारायणगढले बालबिकास केन्द्रको भवन बनाउने

गाउँपालिकासँगको सहकार्यमा देवघाटको भुजेल बस्तीमा रोटरी क्लब नारायणगढले बालबिकास केन्द्रको भवन बनाउने

गापा अध्यक्ष थापाद्वारा आज शिलान्यास

आशिक राना

२६, आषाढ २०७८
गाउँपालिकासँगको सहकार्यमा देवघाटको भुजेल बस्तीमा रोटरी क्लब नारायणगढले बालबिकास केन्द्रको भवन बनाउने

देवघाट, २६ असार । तनहुँको देवघाट गाउँपालिका–५ साउनेको भुजेल बस्तीमा रोटरी क्लब अफ नारायणगढले बालबाविकास केन्द्रको भवन बनाउने भएको छ। देवघाट गाउँपालिकासँगको सहकार्यमा क्लवले भुजेल बस्तीमा बालबाविकास केन्द्रको भवन बनाउन लागेको हो। 

images

देवघाट गाउँपालिकाका अध्यक्ष दुर्गबहादुर थापाले एका कार्यक्रमका बिच आज सो केन्द्रको शिलान्यास गरेका छन् । रोटरी क्लब अफ नारायणगढको सहयोग र गाउँपालिकाको सहकार्यमा सो केन्द्र बन्न लागेको अध्यक्ष थापाले बताए ।

213402631_1233318610440904_1828462640306709356_n.jpg

करिब १० लाख रुपैयाँको लागतमा बन्ने सो केन्द्र पुरानो भवनलाई भत्काएर नयाँ बनाउन लागिएको छ । यस भवनको गेट र तारबारको काम भने गाउँपालिका आफैले बनाउँदै छ । केन्द्रमा भुजेल समूहका १५ बालबालिका अध्ययन गर्छन् ।

त्यसैगरी रोटरी क्लबको ग्लोबल ग्रयाण्डअन्तर्गत सोही ठाउँमा आज सिँचाइ र खानेपानीको वृहत सर्वेक्षण पनि भएको गाउँपालिकाका अध्यक्ष थापाले जानकारी दिए ।

212636498_787678258573518_6466776232879352644_n.jpg

images
प्रकाशित मिति :आषाढ २६, २०७८ शनिवार - २१:३३:२८ बजे

आशिक राना

पत्रकार आशिक राना इच्छाकामना न्युजको देवघाट प्रतिनिधी हुन् भने देवघाट गाउँपालिकाको प्रेस संयोजक समेत हुनुहुन्छ।

images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology