Logo

सोमवार, कार्तिक १० गते २०८३

images
२०८३, कार्तिक १० गते
TRENDING
images

नेकपा एमाले तनहुँद्वारा वाढी पहिरोवाट भएको क्षतिप्रति दुःख व्यक्त 

नेकपा एमाले तनहुँद्वारा वाढी पहिरोवाट भएको क्षतिप्रति दुःख व्यक्त 

images

बि.बि. श्रेष्ठ

१८, आषाढ २०७८
नेकपा एमाले तनहुँद्वारा वाढी पहिरोवाट भएको क्षतिप्रति दुःख व्यक्त 
images

तनहुँ, १८ असार । नेपाल कम्युनिष्ट पार्टी (एमाले) तनहुँले अविरल वर्षाका कारण मानविय तथा भौतिक क्षतिप्रर्ति दुख प्रकट गर्दे शोकसन्तप्त परिवारजनमा समवेदना सहित राहत तथा उद्धारमा खट्नका लागी सम्पुर्ण पार्र्टी पंक्ति, कार्यकर्ता तथा जनतामा अपिल गरेको छ ।

नेकपा एमाले तनहुँका अध्यक्ष केदार सिग्देलद्धारा जारी विज्ञप्ती अनुसार यहि असार १६ गते देखिको अविरल वर्षाले तनहुँका विभिन्न स्थानहरुमा ठुलो जनधनको  क्षति पुरयाएको छ । जनतामा समस्यापर्दा सक्दो सहयोग पुरयाउनु हामी सवैको कर्तव्य हो । 

यो प्राकृतिक विपत्तिको समयमा प्रत्येक सरकारका सम्वन्धित निकायहरु सक्रियतापुर्वक उद्धार, राहत र उपचारमा जुटिरहेका छन् । यस्तो अवस्थामा राजनैतिक तथा समाजिक संघसंस्थाहरुको समेत सहयोग हुनु आवश्यक छ । 

तसर्थ, पार्टीका सवै स्थानिय कमिटीहरु(गाँउ, नगर, वडा), नेता, कार्यकर्ताहरु आफनो आफनो कार्यक्षेत्रमा यथाशिघ्र सहयोगमा जुटन् आग्रह गर्दछु । साथै मौसमविज्ञहरुवाट अझै केहि दिन वर्षा हुने प्रक्षेपण भएकोले थप क्षतिवाट जोगाउन, वाढी पहिरोको जोखिम प्रति सजग रहन÷गराउन समेत नेकपा एमाले जिल्ला कमिटी तनहूँ सवैमा हार्दिक अनुरोध गर्दछ । विज्ञप्तिमा भनिएको  छ । 

 

images
प्रकाशित मिति :आषाढ १८, २०७८ शुक्रवार - १७:३४:१८ बजे

बि.बि. श्रेष्ठ

लेखक बि. बि. श्रेष्ठ इच्छाकामना न्युजका लागि राजनैतिक विषयमा लेखहरु लेख्नुहुन्छ।

सम्बन्धित समाचार
images
images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology