देवघाट, १४ असार । गाउँपालिका वासी आदिवासी जनजातिहरु अन्य जातजातिहरुको तुलनामा निकै पछि पर्दै गैरहेकोले आगामी कार्यक्रम योजनाहरुमा उनीहरु लक्षित सम्बोधन गरिने तनहुँको देवघाट गाउँपालिका उपाध्यक्ष बिमला थापाले बताएका छन्। देवघाटमा संचालित तिन दिने क्षमता अभिवृद्धि तथा नेतृत्व विकास उद्घोषण तालिमको समापन समारोहलाई सम्बोन्धन गर्दै उनीले यस्तो कुरा बताएकी हुन्।
झण्डै ८० प्रतिशत भन्दा बढी आदिवासी जनजातिको बसोबास भएको तनहुँको देवघाटमा आदिवासी जनजाती लक्षित कार्यक्रम योजनाहरु कम भएको स्वीकार गरे। उपाध्यक्ष थापाले स्थानीय सरकार बहुदलले चलाएता पनि आदिवासीलाई भने पछि नै पारेको बताए।

थापाका अनुसार निर्वाचित भएर आएको ४ वर्ष भैसक्दा पनि जनजातिको हक र अधिकारको बारेमा आफुले पनि राम्रोसँग चिन्तन नगरिएको बताए। आफु एक महिला जनजाति भएर पनि आफ्नै हक अधिकारका निम्ति आम नागरिकलाई स्पष्टीकरण गर्न नसकिएको बताउदैँ, अबका दिनहरूमा आफ्नो हक अधिकारको निम्ति आँफै लड्नुपर्छ भन्दै प्रशिक्षार्थीलाई प्रेरणा दिएका थिए।
जनजातिहरू आदिमकालदेखि नै उत्पत्ति भएता पनि अरूको अगाडि खुलस्त तरिकाले प्रस्तुत हुन लाज लाग्ने र डरको कारण नै पछि परेको हो । हामीले हाम्रो भाषा, धर्म, भेषभुषा, संस्कृति र रहनसहनलाई बचाइ राख्नु हामी सबैको दायित्व रहेको बताउदैँ आगामि दिनहरूमा आफ्नो तहबाट आफुले सकेको सहयोग गर्ने प्रतिवद्वता जनाएका थिए।

कार्यक्रममा वडा नम्बर ४ का अध्यक्ष पदमवहादुर गुरूङले आदिवासी जनजातिहरू पछि पर्नुको मुख्य कारण नै बोल्न नसक्नु हो भन्दै यस क्षमता अभिवृद्धि तथा नेतृत्व विकास तालिमले ठुलो टेवा पुग्ने बताए।
यस तालिमले केही हदसम्म भएपनि जनजाति युवायुवतीहरूलाई अगाडि गएर आफ्नो परिचय समेत दिन सक्ने भएको बिश्वास गरे । जिवनमा एक पटक पनि माइक नसमाएको प्रशिक्षर्थी सुकुमायाँ गुरूङले खुसी हुदैँ अगाडि गएर आफ्नो परिचय दिएका थिए । उनी आफु ४६ वर्षको भएता पनि अरूको सामु बोल्न नसक्ने र समाजको सामु केही खोल्न नसक्ने भएको कारणले तालिममा आएको बताए ।

गुरूङले तालिमबाट धेरै कुराहरू सिक्ने मौका पाएको बताउदैँ यस्तै तालिम फेरि पनि आए खुसीका साथ आफु पनि सहस्त स्वकार्ने बताएको छ । तालिम ८ वर्षको बालिका देखि ४६ वर्ष सम्मका व्यक्तिले लिएका थिए । तालिम फोनिज चितवनका अध्यक्ष सन्त कुमार चौधरी, नेपाल मगर संघ गण्डकी प्रदेशका अध्यक्ष सिद्धान्त थापा र देवघाट गाउँपालिकाका प्रेस सल्लाहकार आशिक राना लगायतले प्रशिक्षण दिएका थिए ।
नेपाल आदिवासी जनजाति महासंघ देवघाट अध्यक्ष रुमकुमार थापा ज्युको अध्यक्षतामा तिन दिने कार्यक्रम सम्पन्न भएको थियो।