Logo

मंगलवार, भाद्र ९ गते २०८३

images
२०८३, भाद्र ९ गते
images

तनहुँको देवघाट गाउँपालिकाको बजेटः ४८ करोड ६९ लाख ७८ हजार

तनहुँको देवघाट गाउँपालिकाको बजेटः ४८ करोड ६९ लाख ७८ हजार

इच्छाकामना न्युज

१०, आषाढ २०७८
तनहुँको देवघाट गाउँपालिकाको बजेटः ४८ करोड ६९ लाख ७८ हजार

देवघाट, १० असार । तनहुँको देवघाट गाउँपालिकाले आर्थिक वर्ष २०७८/०७९ सालको लागि ४८ करोड ६९ लाख ७८ हजार रुपैयाँ बजेट विनियोजन गरेको छ। बुधबार र बिहीबार भएको आठौँ गाउँसभाबाट उक्त बजेट विनियोजन गरिएको हो। 

images

चालू खर्चतर्फ सशर्त बजेट १९ करोड सात लाख, संघीय समपुरक अनुदान एक करोड ९८ लाख, प्रसाशनिक खर्च, विभिन्न कार्यक्रम र अनिवार्य दायित्वका कार्यक्रमसमेत गरी गरी चालूखर्च ११ करोड ७९ लाख ८५ हजार रुपैयाँ अनुमान गरिएको गाउँपालिकाकी उपाध्यक्ष विमला थापामगरले जानकारी गराएकी छन्।

यस्तै पूँजीगत खर्चतर्फ सशर्त अनुदान ८८ लाख, विषेश अनुदान दुुई करोड ४९ लाख, गाउँपालिकाको भवन निर्माण सिंच्याङ–सार्वाङ सडकलगायतका योजना कार्यक्रममा १२ करोड ४७ लाख ९३ हजार रुपैयाँ बजेट विनियोजन गरिएको उनले बताइन्। आर्थिक क्षेत्रतर्फ भने कृषि, पशु, स्वास्थ्य, उद्योग, पर्यटन, सहकारी पूूर्वाधारलगायतका विकासको लागि सात करोड ९४ लाख रुपैयाँ विनियोजन गरिएको छ। 

सामाजिक क्षेत्रतर्फ शिक्षा, स्वास्थ्य, खानेपानी तथा सरसफाइ एवम् पूर्ण सरसफाइ कार्यक्रम कार्यान्वयन, धार्मिक, सांस्कृतिक, लैंगिक समानता तथा सामाजिक समावेशीकरण, युवा तथा खेलकुुद र मनोरञ्जनलगायतमा २१ करोड २१ लख ५० हजार रुपैयाँ बजेट विनियोजन भएको गाउँपालिकाले जनाएको छ।

यस्तै भौतिक पूर्वाधारको लागि १४ करोड ४५ लाख, वातावरण तथा विपद व्यवस्थापनको लागि एक करोड नौ लाख ५० हजार, संस्थागत विकास, सेवा प्रवाह र सुशासनतर्फ संस्थागत क्षमता अभिवृद्धिको लागि दुुई करोड १९ लाख ७८ हजार र कोभिड–१९ व्यवस्थापन कोष, कोभिड भइपरी र पुुँजीगत भैपरी गरी जम्मा एक करोड ८० लाख रुपैयाँ बजेट विनियोजन गरिएको हो।

गाउँपालिकामा विकट क्षेत्र धेरै भएकोले विकासका योजनामा गाउँपालिकाले छुट्याएको बजेट अपुुग हुने हुँदा आवश्यक थप बजेटको लागि केन्द्र र प्रदेश सरकारसँग माग गर्ने गाउँपालिकाका अध्यक्ष दुुर्गबहादुर थापामगरले जानकारी दिए। विगतका वर्षहरुमा भएका अधुरा कार्यक्रमलाई यसवर्ष पूरा गर्नुुपर्ने चुनौतीसमेत रहेको उनको भनाइ छ।

images
प्रकाशित मिति :आषाढ १०, २०७८ बिहिवार - २२:०९:११ बजे

इच्छाकामना न्युज

इच्छाकामना ब्रोडकाष्टिङ मिडिया प्रा. लि. द्वारा संचालित डिजिटल अनलाईन पत्रिका इच्छाकामना न्युज डटकम २०७४ साल जेठ देखि संचालनमा रहेको नेपाली भाषाको अनलाईन न्युज पोर्टल हो। ‘अब गाउँको खबर विश्वभर...’ भन्ने अभियानका साथ संचालित इच्छाकामना न्युज अनलाईन चितवनको इच्छाकामना गाउँपालिकाबाट संचालित पहिलो अनलाईन पनि हो। विशेष गरेर चितवनको इच्छाकामना गाउँपालिका सहित आसपासका स्थानीय तहहरु गोरखाको शहिद लखन र गण्डकी, तनहुँको आँबुखैरेनी र देवघाटका साथै धादिङको बेनिघाट रोराङ गाउँपालिकाको स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा, अपराध, कृषी, पर्यटन, सडक, विज्ञान–प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचारहरु हामी प्राथमिकताका साथ प्रकाशन गर्ने गर्छौ।

images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology