Logo

सोमवार, कार्तिक १० गते २०८३

images
२०८३, कार्तिक १० गते
TRENDING
images

खेतमा काम गरेर फर्कने क्रममा लडेर गोरखा शहिद लखनका एक जनाको मृत्यु

खेतमा काम गरेर फर्कने क्रममा लडेर गोरखा शहिद लखनका एक जनाको मृत्यु

images

इच्छाकामना न्युज

९, आषाढ २०७८
खेतमा काम गरेर फर्कने क्रममा लडेर गोरखा शहिद लखनका एक जनाको मृत्यु
images

गोरखा, ९ असार । गोरखामा खेत जोतेर फर्कदै लडेर एक जनाको मृत्यु भएको छ । जिल्लाको सहिद लखन गाउँपालिका–८का ३९ बर्षका कुमार श्रेष्ठको खेत जोतेर फर्कदै गर्दा लडेर मृत्यु भएको वडाध्यक्षकाशीनाथ अम्गाईले जानकारी दिनुभयो । श्रेष्ठ भीमसेन थापा गाउँपालिका–६ अश्राङमापर्ने स्थानीय ज्याँदुलखोला फाँटमा खेत जोतेर घर फर्किदै गरेका थिए ।

शारिरिकअपांगता भएका वुवासंगै खेत जोतेर घर फर्कदै गर्दा लडेर मृत्यु भएका श्रेष्ठको अनुहारमा चोट देखिएको वडाध्यक्ष अम्गाईले जानकारी दिनुभयो । बुधबार साँझ उक्त घटना भएको उहाँले बताउनुभयो। खेत जोत्दाजोत्दै चर्को घाम भएपछि गोरु फुकाएर बुवाले चराउन लगेपछि उहाँ घर फर्कने क्रममा खोलाको दलदलेमा खुट्टा अड्किएर लड्दा मृत्यु भएको अनुमान गरिएको वडा अध्यक्ष अंगाईले जानकारी दिनुभयो ।

घटनाकोखबर प्राप्त भएलगत्तै बुंङ्कोट प्रहरी चौकीबाट प्रहरी सहायक निरीक्षक सन्तोष अधिकारीको टोली घटनास्थल पुगेको थियो । मृतकको शव गोरखा अस्पतालमा ल्याएर पोष्टमार्टम पछि आज परिवारलाई बुझाउने तयारी भइरहेको उहाँले बताउनुभयो ।

 

images
प्रकाशित मिति :आषाढ ९, २०७८ बुधवार - २०:०३:४१ बजे

इच्छाकामना न्युज

इच्छाकामना ब्रोडकाष्टिङ मिडिया प्रा. लि. द्वारा संचालित डिजिटल अनलाईन पत्रिका इच्छाकामना न्युज डटकम २०७४ साल जेठ देखि संचालनमा रहेको नेपाली भाषाको अनलाईन न्युज पोर्टल हो। ‘अब गाउँको खबर विश्वभर...’ भन्ने अभियानका साथ संचालित इच्छाकामना न्युज अनलाईन चितवनको इच्छाकामना गाउँपालिकाबाट संचालित पहिलो अनलाईन पनि हो। विशेष गरेर चितवनको इच्छाकामना गाउँपालिका सहित आसपासका स्थानीय तहहरु गोरखाको शहिद लखन र गण्डकी, तनहुँको आँबुखैरेनी र देवघाटका साथै धादिङको बेनिघाट रोराङ गाउँपालिकाको स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा, अपराध, कृषी, पर्यटन, सडक, विज्ञान–प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचारहरु हामी प्राथमिकताका साथ प्रकाशन गर्ने गर्छौ।

सम्बन्धित समाचार
images
images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology