गण्डकी, ९ असार । गोरखाको गण्डकी गाउँपालिका ५ को लाकुरी भञ्ज्याङ्गमा रहको बुढिगण्डकी युवा क्लवलले अतिविपन्न परिवारलाई राहत वितरण गरेको छ। क्लवले गण्डकी गाउँपालिकाको वडा नं. ५ मा रहेको ७ वटा टोल विकास संस्थामा आवद्ध २२ घर अति विपन्न परिवारलाई राहत वितरण गरेको हो।

क्लवले सोमबार करिब ५० हजार रुपैयाँ बराबरको खाद्यान्न सामाग्री वितरण गरेको क्लवका अध्यक्ष बम बहादुर थापा मगरले जानकारी दिए। क्लवले देश विदेशमा रहेका सहयोगीहरुबाट रकम संकलन गरि खाद्यान्न सहयोग गरेको उनले बताए।
क्लवका अध्यक्ष थापाका अनुसार क्लवले कोभिड १९ को दोस्रो लहरका विचमा विभिन्न कारणबाट समस्यामा परेकाहरुलाई सहयोग गर्नका लागि आकस्मिक कोष स्थापना गरिएको थियो। सोहि कोषबाट क्लवले अति विपन्नहरुको लागि खाद्यान्न सहयोग गरेको हो।

क्लवले संचालन गरेको कोषमा रकम जम्मा गरि सहयोग गर्ने सम्पूर्णलाई अध्यक्ष थापाले धन्यवाद दिदै अरुलाई समेत सहयोगको लागि अपिल गरेका छन्।
क्लवले यस अघि पनि स्थानीय स्तरमा ३० हजार रुपैयाँ बराबरको स्वास्थ्य सामाग्री समेत वितरण गरेको थियो।
यसैबचि खाद्यान्न सामाग्री वितरण कार्यक्रममा बोल्दै गण्डकी गाउँपालिका वडा नं ५ का वडाध्यक्ष जस बहादुर सिं थापाले क्लवले उत्कृष्ठ काम गरेको भन्दै क्लवको प्रशंसा गरेका थिए।

त्यस्तै वडा नं. ५ कार्यालयका वडा सचिव टंक राना मगर ज्यूले कोभिड १९ को दोस्रो लहरले थलिएको अवस्थामा पनि राम्रो काम गरको बताउदै क्लवका सदस्यहरुलाई अझ यस्तै राम्रा कामहरु गर्नका लागि हौसला तथा शुभकामना दिए।