Logo

सोमवार, कार्तिक १० गते २०८३

images
२०८३, कार्तिक १० गते
TRENDING
images

प्रबासमा रहेका गोर्खालीद्वारा गोरखाका ११ स्थानीय तहलाई ७० लाख रुपैयाँ बराबरको स्वास्थ्य सामग्री सहयोग

प्रबासमा रहेका गोर्खालीद्वारा गोरखाका ११ स्थानीय तहलाई ७० लाख रुपैयाँ बराबरको स्वास्थ्य सामग्री सहयोग

images

इच्छाकामना न्युज

८, आषाढ २०७८
प्रबासमा रहेका गोर्खालीद्वारा गोरखाका ११ स्थानीय तहलाई ७० लाख रुपैयाँ बराबरको स्वास्थ्य सामग्री सहयोग
images

प्रबासमा रहेका गोर्खालीहरु आवद्ध संस्था ग्लोबल गोरखा समाजले गोरखा भित्रका स्थानीय तहका स्वास्थ्य संस्थामा ७० लाख रुपैयाँ बरावरको स्वास्थ्य सामग्री सहयोग गरेका छन् ।

सर्वसाधारण नागरिकले सहज रुपमा स्वास्थ्य सेवा पाउन् भन्ने उद्देश्यले ४० थान अक्सिजन कन्सनट्रेटर सहयोग गरिएको ग्लोबल गोरखा समाजका अध्यक्ष बिनय अधिकारीले बताए ।
कोरोना संक्रमण रहिरहेकाले गाउँगाउँमा अक्सिजन अभावका कारण सर्वसाधारणलाई समस्या हुन सक्ने भएकाले अक्सिजन कन्सनट्रेटर बितरण गरेका हौँ’ अध्यक्ष अधिकारीले भने ‘देश र गृह जिल्लाबासीलाई परेको समस्यामा हामी प्रबासमा बस्नेहरु सँगै साथमा छौँ ।’

कार्यक्रमका प्रमुख अथिति नेपाली कांग्रेसका केन्द्रिय सदस्य सुरेन्द्रराज पाण्डेले बुधवार जिल्ला समन्वय समिति गोरखामा आयोजित एक कार्यक्रमका बिच स्थानीय तहलाई उक्त कन्टसनट्रेटर हस्तान्तरण गरेका हुन् । हस्तान्तरण गर्दै उनले भने ‘कोरोनाका बेला गाउँगाउँमा पुग्ने गरी कन्सनट्रेटर उपलब्ध गरराउनु स¥हानिय काम हो, सहयोग गर्ने बिदेशमा रहेका गोर्खालीहरु धन्यवादको पात्र हुनुहुन्छ ।’


भुकम्प, पहिलो चरणको कोभिड संक्रमण, दोस्रो चरण सबै दुःखका बेला ग्लोबल गोरखा समाजको समन्वयमा जिल्लाबासीलाई सहयोग मिलेकाले निरन्तर सामाजिक काममा लाग्न उनले अनुरोध गरे ।
जिल्ला समन्वय समितिका प्रमुख अशोक कुमार गुरुङले स्वास्थ्य सामग्रीले ग्रामिण भेगका नागरिकको उपचारमा सहज हुने बताए । नगरप्रमुख राजनराज पन्तले कामको शिलशिलामा बिदेशमा रहेका गोर्खालीले दुःख परेका बेला गरेको सहयोगका सही उपभोग हुने र स्थानीय सरकारले त्यसको जिम्मा लिने बताए ।


कार्यक्रममा नेकपा एमालेका कमल दानी, नेपाली कांग्रेसका जिल्ला सचिव नन्दप्रसाद न्यौपाने, नयाँ शक्ति पार्टीका जिल्ला सचिव बिपिनचन्द्र ढकाल, पत्रकार महासंघका अध्यक्ष नरहरि सापकोटा, ग्लोबल गोरखा समाजका नेपाल स्थित समन्वय समितिका सदस्य मोहन भट्टराई, ग्लोबल गोरखा समाजका अध्यक्ष बिनय अधिकारी, नेपाल संयोजक बिनोद पोखरेल लगायतले धारणा राखेका थिए ।

उक्त कन्सनट्रेटर सहयोग गरेपछि स्थानीय स्वास्थ्य संस्थाले सहज सेवा दिने अपेक्षा ग्लोबल गोरखा समाजले गरेको समाजका नेपाल संयोजक बिनोद पोखरेलले बताए । जिल्ला समन्वय समितिको रोहवरण्मा हस्तान्तरण भएको उक्त सामग्री स्थानीय तहमा पठाईने समाजले जनाएको छ । समाजले गर्दै आएको सामाजिक अभियानमा निरन्तर सहयोग गर्दै आएको भन्दै समाजले तीनजनालाई सम्मान गरेको छ ।

कांग्रेसका केन्द्रिय सदस्य सुरेन्द्रराज पाण्डे, जिसस प्रमुख अशोक कुमार गुरुङ, पत्रकार महासंघ गोरखाका अध्यक्ष नरहरि सापकोटालाई प्रशंसा पत्रले सम्मान गरेका थिए ।
यस अघि समाजले गोरखा समाज जापान संगको सहकार्यमा पहिलो चरणमा आठ लाख बराबरको स्वास्थ्य सामग्री गोरखाका ११ वटै स्थानीय उपलब्ध गराएको थियो । समाजको स्वास्थ्य विभाग अन्तर्गत रहेको कार्यक्रममा तीन छुट्टा छुट्टै ऊप–समिति गठन गरेर कार्य विभाजन गर्दै अभियान सन्चालन गरेको छ ।

अध्यक्ष विनय अधिकारी संयोजकत्वमा पब्लिक रिलेशन, उपाध्यक्ष गोकर्णप्रसाद ढकालको संयोजकत्वमा खरिद समिति र कोषाध्यक्ष आकाश बन्जाराको संयोजकत्वमा फण्डराईजिङ ऊप–समिति गठन भएको थियो ।

अन्य उप समितिको सदस्यहरुमा उपाध्यक्ष नारायण भट्ट, यदु लामिछाने, महासचिव त्रिलोचन पोखरेल, सचिव शकुन्तला गुरुङ, विराट खनाल, सह–कोषाध्यक्ष बम गुरुङ, नेपाल संयोजक विनोद पोखरेल, केन्द्रिय सदस्य प्रकाश बस्ताकोटी, रामजी खत्री रहनु भएको थियो भने क्यानडा संयोजकमा ऊपाध्यक्ष रश्मी थापा लाई जिम्मेवारी तोकिएको छ ।

images
प्रकाशित मिति :आषाढ ८, २०७८ मंगलवार - २०:३४:१८ बजे

इच्छाकामना न्युज

इच्छाकामना ब्रोडकाष्टिङ मिडिया प्रा. लि. द्वारा संचालित डिजिटल अनलाईन पत्रिका इच्छाकामना न्युज डटकम २०७४ साल जेठ देखि संचालनमा रहेको नेपाली भाषाको अनलाईन न्युज पोर्टल हो। ‘अब गाउँको खबर विश्वभर...’ भन्ने अभियानका साथ संचालित इच्छाकामना न्युज अनलाईन चितवनको इच्छाकामना गाउँपालिकाबाट संचालित पहिलो अनलाईन पनि हो। विशेष गरेर चितवनको इच्छाकामना गाउँपालिका सहित आसपासका स्थानीय तहहरु गोरखाको शहिद लखन र गण्डकी, तनहुँको आँबुखैरेनी र देवघाटका साथै धादिङको बेनिघाट रोराङ गाउँपालिकाको स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा, अपराध, कृषी, पर्यटन, सडक, विज्ञान–प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचारहरु हामी प्राथमिकताका साथ प्रकाशन गर्ने गर्छौ।

सम्बन्धित समाचार
images
images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology