Logo

सोमवार, कार्तिक १० गते २०८३

images
२०८३, कार्तिक १० गते
TRENDING
images

नेपाली काङ्ग्रेस तनहुँद्वारा देवघाट गाउँपालिकालाई अक्सिजन कन्सन्ट्रेटर सहित स्वास्थ्य सामाग्री सहयोग

नेपाली काङ्ग्रेस तनहुँद्वारा देवघाट गाउँपालिकालाई अक्सिजन कन्सन्ट्रेटर सहित स्वास्थ्य सामाग्री सहयोग

images

आशिक राना

६, आषाढ २०७८
नेपाली काङ्ग्रेस तनहुँद्वारा देवघाट गाउँपालिकालाई अक्सिजन कन्सन्ट्रेटर सहित स्वास्थ्य सामाग्री सहयोग
images

देवघाट, ६ असार । तनहुँको देवघाट गाउँपालिकालाई नेपाली काङ्ग्रेस पार्टीका वरिष्ठ नेता  रामचन्द्र पौडेलले विश्व महामारीको रुपमा फैलिएको (कोभिड–१९) कोरोना भाइरस रोकथाम र नियन्त्रण गर्नको लागि अक्सिजन कन्सन्ट्रेटर, पि.पि.ई., माक्स र सेनेटाइजर सहित स्वास्थ्य सामाग्री सहयोग गर्नुभएको छ।

पौडेलले जिल्लाका १० वटै स्थानिय तहलाई १÷१ थान अक्सिजन कन्सन्ट्रेटरको साथमा फेस माक्स, पिपीई डिस्पोजल र ह्यान्ड सेनिटाईजर लगाएतका स्वास्थ्य सामाग्री  वितरण गरेको छ । लमजुङको मध्यनेपाल नगरपालिकालाई पनि अक्सिजन कन्सन्ट्रेटर सहितका समाग्री दिईएको छ ।

यस्तै, जिपी कोईराला राष्ट्रिय श्वासप्रश्वास उपचार केन्द्र बेचौतारा, दमौली अस्पताल दमौली, पुरनडिही अस्पताल भानु, बन्दीपुर अस्पताल बन्दीपुर र नेपाल पत्रकार महासंघ तनहुँलाई फेस माक्स, एन ९५ मास्क, ग्लोब्स, पिपीई, सेनिटाईजर लगायतका सामाग्री उपलब्ध गराएका छन् । दातृ संस्थासंगको समन्वयमो करिब ३५ लाख रुपैयाँको सामाग्री सहयोग  समेत गरेको नेपाली काङ्ग्रेस पार्टी देवघाटका प्रेम बहादुर गुरुङले जानकारी दिए ।

साथै देवघाट गाउँपालिका अध्यक्ष दुर्ग बहादुर थापाले विश्व महामारीको रुपमाफैलिएको कोविड १९ कोरोना भाइरस रोकथाम नियन्त्रणको लागी नेपाली काङ्ग्रेस पार्टीका वरिष्ठ नेता रामचन्द्र पौडेललाई गाउँपालिकाको तर्फ बाट धन्यवाद दिनुभयो। साथै अध्यक्ष थापाले विपतीको सामना गर्न सबै एकजुट हुनेपर्ने बताए । कोरोनाको उदाहरण दिदै उनले भने, ‘यो पार्टी, त्यो पार्टी भन्दा पनि सबै मान्छेमाथी आएको आपती छ ।सबै मिलेर समाधान गर्नु पर्न बताए  ।

कार्यक्रममा देवघाट गाउँपालिका उपाध्यक्ष बिमला थापामगर, देवघाट गाउँपालिका प्रशासकीय अधिकृत नरहरि सापकोटा, समाजसेवी ब्याक्ती पुर्ण बहादुर कुवर,देवघाट गाउँपालिका प्रशासन साखा प्रमुख गोविन्दप्रसाद पौडेल, देवघाट गाउँपालिका स्वास्थ्य साखा प्रमुख प्रदीप बुढाथोकी लगाएतको उपस्थिति रहेको थियो।

images
प्रकाशित मिति :आषाढ ६, २०७८ आइतवार - २२:२२:०९ बजे

आशिक राना

पत्रकार आशिक राना इच्छाकामना न्युजको देवघाट प्रतिनिधी हुन् भने देवघाट गाउँपालिकाको प्रेस संयोजक समेत हुनुहुन्छ।

सम्बन्धित समाचार
images
images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology