देवघाट, ६ असार । तनहुँको देवघाट गाउँपालिकालाई रोटरी क्लब अफ नारायणगढले आज एक कार्यक्रमको आयोजना गरि बिश्व महामारीको रुपमा फैलिएको कोविड १९ कोरोना भाईरस रोकथाम र नियन्त्रको लागि माक्स,सेनेटाइजर लगाएत स्वास्थ्य सामाग्री रोटरी क्लब अफ नारायणगढका अध्यक्ष अनुकुल श्रेष्ठद्वारा देवघाट गाउँपालिका अध्यक्ष दुर्ग बहादुर थापालाई हस्तान्तरण गरिएको छ।
सो कार्यक्रममा देवघाट गाउँपालिका अध्यक्ष दुर्ग बहादुर थापाले कार्यक्रममा बोल्दै बिश्व महामारीको रुपमा फैलिएको कोबिड १९ कोरोना भाइरस रोकथाम र नियन्त्रणको लागी रोटरी क्लब अफ नारायणगढले स्वास्थ्य सामाग्री सहयोग गरेकोमा खुशी व्यक्त गर्दै धन्यवाद समेत दिनुभएको थियो। साथै अध्यक्ष थापाले देवघाट गाउँपालिकाको बिकासको निम्ति कुनै पनि कसर नराखी निरन्तर अगाडी बढ्ने बताउदै आगामी दिनहरूमा विभिन्न संघ संस्थाहरु संग समन्वय गर्ने समेत बताउनुभयो।
कार्यक्रममा देवघाट गाउँपालिका प्रशासकीय अधिकृत नरहरि सापकोटा,रोटरी क्लब अफ नारायणगढका संस्थापक अध्यक्ष निरञ्जन प्रधान निवर्तमान अध्यक्ष सुसानलाल प्रधान, सर्भिस प्रोजेक्ट डाईरेक्टर गुण्श्वर महतो, देवघाट गाउँपालिका प्रशासन साखा प्रमुख गोविन्दप्रसाद पौडेल,देवघाट गाउँपालिका स्वस्थ्य प्रमुख प्रदीप बुढाथोकी,देवघाट गाउँपालिका कार्यक्रम अधिकृत कृष्णराज पन्त, देवघाट गाउँपालिकका सामाजिक सुरक्षा इकाई प्रमुख दुर्ग राना लगाएको उपस्थिति रहेको थियो