Logo

सोमवार, कार्तिक १० गते २०८३

images
२०८३, कार्तिक १० गते
TRENDING
images

तनहुँको देवघाट गाउँपालिकाद्वारा रातमाटेका २५ परिवारलाई रेडियो वितरण

तनहुँको देवघाट गाउँपालिकाद्वारा रातमाटेका २५ परिवारलाई रेडियो वितरण

images

आशिक राना

५, आषाढ २०७८
तनहुँको देवघाट गाउँपालिकाद्वारा रातमाटेका २५ परिवारलाई रेडियो वितरण
images

चितवन, ५ असार । देवघाट रातेमाटेका २५ परिवारलाई रेडियो वितरण गरिएको छ ।

देवघाट गाउँपालिका अध्यक्ष दुर्गबहादुर थापाले सूचनाको पहुँचबाट कोही बञ्चित नहोस् भनेर रेडियो वितरण गरिएको जनाए । देवघाट गाउँपालिका–५ रातेमाटेका २५ घरपरिवारलाई करिब १५ हजार बराबरको रेडियो वितरण गरिएको अध्यक्ष थापाले जनाए ।

रेडियो वितरण कार्यक्रममा गाउँपालिका अध्यक्ष थापाले देशविदेशमा भएका घटनाक्रम, गाउँपालिकाले गरेका गतिविधि थाहा पाउन रेडियो सुन्ने बानीको विकास गराउन रेडियो वितरण गरिएको जनाए ।

सोही कार्यक्रममा कृषि तथा पशु शाखा प्रमुख पूर्णचन्द्र अधिकारीले देवघाट गाउँपालिका अध्यक्षले गरेको कार्यको प्रशंसा गरेका थिए । सूचना पहुँचबाट नजिक रहन स्थानीयलाई अधिकारीले आग्रह गरे ।

रातेमाटे सुन्दर बस्ती टोल सुधार समितिका अध्यक्ष एवम् वुद्धिजीवी परिषद् देवघाटका अध्यक्ष डाक्टर सुरेन्द्र श्रेष्ठले गाउँपालिका अध्यक्षलाई धन्यवाद ज्ञापन गरे । कार्यक्रममा करिव ६० जना बढीको सहभागिता रहेको थियो ।

images
प्रकाशित मिति :आषाढ ५, २०७८ शनिवार - २१:२२:४९ बजे

आशिक राना

पत्रकार आशिक राना इच्छाकामना न्युजको देवघाट प्रतिनिधी हुन् भने देवघाट गाउँपालिकाको प्रेस संयोजक समेत हुनुहुन्छ।

सम्बन्धित समाचार
images
images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology