Logo

मंगलवार, भाद्र ९ गते २०८३

images
२०८३, भाद्र ९ गते
images

जसपाको उपेन्द्र यादव पक्षले ग¥यो निर्वाचन आयोगमा पार्टीको वैधानिकता दाबी 

जसपाको उपेन्द्र यादव पक्षले ग¥यो निर्वाचन आयोगमा पार्टीको वैधानिकता दाबी 

इच्छाकामना न्युज

४, आषाढ २०७८
जसपाको उपेन्द्र यादव पक्षले ग¥यो निर्वाचन आयोगमा पार्टीको वैधानिकता दाबी 

काठमाण्डौ, ४ असार । जनता समाजवादी पार्टी जसपाको उपेन्द्र यादव पक्षले निर्वाचन आयोगमा पार्टीको वैधानिकता दाबी गरेको छ । अध्यक्ष उपेन्द्र यादव  सहितका नेताहरु आयोग पुगेर राजनीतिक दलसम्बन्धी ऐनको दफा ४३ सम्बन्धी विवाद भएको भन्दै ४४ अनुसार निरुपणका लागि निवेदन दिएका हुन् ।  

images

कार्यकारिणी समितिमा बहुमत जुटाएको यादव पक्षले अर्का अध्यक्ष महन्थ ठाकुर सहित चार नेतालाई कारबाही गरेको थियो । तर निर्वाचन आयोगले त्यसलाई मान्यता दिन अस्वीकार गरेपछि यादव पक्षले अधिकाकिरताको विवादमा निवदेन दिएको छ ।

जेठ ७, ८, १७ र असार ३ गते बोलाइएको बैठकमा अध्यक्ष ठाकुर अनुपस्थित भएको, फरक सूचनाका आधारमा बैठक स्थगित गरी पार्टीको दैनिक कार्यदेखि आन्तरिक जीवन, राजनीतिक जीवन ठप्प पारी गुटगत गतिविधि गरेको यादव पक्षको दाबी छ ।

पार्टीलाई कानून बमोजिम बहुमतका आधारमा सञ्चालनका लागि आधिकारिकता विवाद टुंग्याउनु परेको निवेदनमा उल्लेख छ । हिजो बसेको कार्यकारिणी समितिको बैठकले वैधानिकता दावी गर्ने निर्णय गरेको थियो ।

images
प्रकाशित मिति :आषाढ ४, २०७८ शुक्रवार - २०:२६:५२ बजे

इच्छाकामना न्युज

इच्छाकामना ब्रोडकाष्टिङ मिडिया प्रा. लि. द्वारा संचालित डिजिटल अनलाईन पत्रिका इच्छाकामना न्युज डटकम २०७४ साल जेठ देखि संचालनमा रहेको नेपाली भाषाको अनलाईन न्युज पोर्टल हो। ‘अब गाउँको खबर विश्वभर...’ भन्ने अभियानका साथ संचालित इच्छाकामना न्युज अनलाईन चितवनको इच्छाकामना गाउँपालिकाबाट संचालित पहिलो अनलाईन पनि हो। विशेष गरेर चितवनको इच्छाकामना गाउँपालिका सहित आसपासका स्थानीय तहहरु गोरखाको शहिद लखन र गण्डकी, तनहुँको आँबुखैरेनी र देवघाटका साथै धादिङको बेनिघाट रोराङ गाउँपालिकाको स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा, अपराध, कृषी, पर्यटन, सडक, विज्ञान–प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचारहरु हामी प्राथमिकताका साथ प्रकाशन गर्ने गर्छौ।

सम्बन्धित समाचार
images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology