Logo

सोमवार, कार्तिक १० गते २०८३

images
२०८३, कार्तिक १० गते
TRENDING
images

देवघाटमा अवैध रुपमा गिट्टी, वालुवा उद्खनन् भै विकृति बढेको भन्दै स्वतन्त्र युवाहरुद्वारा १४ बुदे माग पेश

देवघाटमा अवैध रुपमा गिट्टी, वालुवा उद्खनन् भै विकृति बढेको भन्दै स्वतन्त्र युवाहरुद्वारा १४ बुदे माग पेश

२४ घण्टा भित्र माग सम्बोन्धन नभए सशक्त आन्दोलन गर्ने 

images

इच्छाकामना न्युज

२०, जेठ २०७८
देवघाटमा अवैध रुपमा गिट्टी, वालुवा उद्खनन् भै विकृति बढेको भन्दै स्वतन्त्र युवाहरुद्वारा १४ बुदे माग पेश
images

देवघाट, २० जेठ । तनहुँको देवघाट गाउँपालिकामा पछिल्लो समय अवैध रुपमा गिट्टी, वालुवा उद्खनन् भएको साथै विभिन्न वेथिति विकृतिहरु बढेको भन्दै स्वतन्त्र युवाहरुको समूहले गाउँपालिका समक्ष १४ बुदे माग पत्र पेश गरेको छ। युवाहरुले आज गाउँपालिकाका उपाध्यक्ष बिमला थापा समक्ष मागपत्र पेश गरेको हो। 

मागपत्र बुझाउदै स्वतन्त्र युवाहरुको समूहले माग सम्बोन्धन गर्न २४ घण्टाको अल्टिमेटम दिएको छ। माग पुरा नभएमा तत्काल सशक्त आन्दोलन गर्ने आन्दोलनरत युवा समूहका गणेश थापाले इच्छाकामना न्युजलाई बताए। पछिल्लो समय गाउँपालिकामा विकृति विसंगति वेथितिहरु बढ्दै गएकोले त्यस्ता कार्य रोक्नका लागि देवघाटका युवाहरु आन्दोलन गर्न बाध्य भएको उनले बताए। 

195111424_153104630071394_7287119704079669267_n.jpg

युवाहरुले पेश गरेको मागपत्रमा देवघाट गाउँपालिकाका मुख्य घाटहरुबाट अमानतमा जथाभावी नदीजन्य सामाग्रीहरुको उद्खनन् भैरहेकोले तत्काल रोकी आइइ प्रतिवेदन सार्वजनिक गर्नुपर्ने, हाल उद्खनन् गरिरहेको ठेक्का सम्झौता र उत्खनन् गरेको परिमाणको सार्वजनिक गर्नुपर्ने माग रहेको छ।

यस्तै घाटको राजश्व मिनाहाको विवरण सार्वजनिक गर्नुपर्ने, गाउँपालिकाले जनप्रतिनिधी निर्वाचित भएको ४ वर्ष सम्म पनि सार्वजनिक सुनुवाई नगरेको, कार्यपालिकाको बैठकको निर्णय सार्वजनिक गर्नुपर्ने लगायतका मागहरु राखेका छन्।

यसैबिच माग पत्र बुझ्दै भोली नै कार्यपालिका बैठक बस्ने र सोही बैठकले युवाहरुको मागलाई उचित सम्बोन्धन गरिने गाउँपालिकाका उपाध्यक्ष बिमला थापाले जानकारी दिए। 

196345054_1044907589372107_221957888198655321_n (1).jpg

images
प्रकाशित मिति :जेठ २०, २०७८ बिहिवार - २०:५१:२८ बजे

इच्छाकामना न्युज

इच्छाकामना ब्रोडकाष्टिङ मिडिया प्रा. लि. द्वारा संचालित डिजिटल अनलाईन पत्रिका इच्छाकामना न्युज डटकम २०७४ साल जेठ देखि संचालनमा रहेको नेपाली भाषाको अनलाईन न्युज पोर्टल हो। ‘अब गाउँको खबर विश्वभर...’ भन्ने अभियानका साथ संचालित इच्छाकामना न्युज अनलाईन चितवनको इच्छाकामना गाउँपालिकाबाट संचालित पहिलो अनलाईन पनि हो। विशेष गरेर चितवनको इच्छाकामना गाउँपालिका सहित आसपासका स्थानीय तहहरु गोरखाको शहिद लखन र गण्डकी, तनहुँको आँबुखैरेनी र देवघाटका साथै धादिङको बेनिघाट रोराङ गाउँपालिकाको स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा, अपराध, कृषी, पर्यटन, सडक, विज्ञान–प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचारहरु हामी प्राथमिकताका साथ प्रकाशन गर्ने गर्छौ।

सम्बन्धित समाचार
images
images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology