Logo

सोमवार, कार्तिक १० गते २०८३

images
२०८३, कार्तिक १० गते
TRENDING
images

ताक्लुड़ कोभिड राहात कार्यक्रमद्वारा ताक्लुङमा करिब डेढ लाखको स्वास्थ्य सामाग्री सहयोग

ताक्लुड़ कोभिड राहात कार्यक्रमद्वारा ताक्लुङमा करिब डेढ लाखको स्वास्थ्य सामाग्री सहयोग

images

इच्छाकामना न्युज

१९, जेठ २०७८
ताक्लुड़ कोभिड राहात कार्यक्रमद्वारा ताक्लुङमा करिब डेढ लाखको स्वास्थ्य सामाग्री सहयोग
images

ताक्लुङ, १९ जेठ । गोरखाको साविक ताक्लुड़ कोभिड राहात कार्यक्रम २०७८ले शहिद लखन गाउँपालिका वडा नम्बर ५ र ४ लाई स्वास्थ्य सामाग्री सहयोग गरेको छ । बुधबार अक्सिजन सिलिन्डर ५ सेट, पिपिई २० थान, मास्क ७०० पिस, पल्स अक्सिमिटर ५ पिस , फोल्ड बेड २ सेट ,फेस सिल्ड ७ ,सेनिटाइजर २ जार र १५ बोतल, स्टेचर फोल्डिङ २ पिस र गोलोप्स ८०० पिस सहयोग हस्तान्तरण गरिएको हो ।

1.jpg

१ लाख ६३ हजार ४८ रुपैयाँ बराबरको स्वास्थ्य सामाग्री गाउँपालिका उपाध्यक्ष इन्दिरा तीवारी, वडा ४ का अध्यक्ष कृष्ण चेपाङ र वडा नम्बर ५ का अध्यक्ष याम बहादुर थापालाई हस्तान्तरण गरिएको विपन श्रेष्ठले जानकारी दिनुभयो ।

यसैबिच वैदेशिक रोजगारको सिलसिलामा मलेसियामा मंगलबार मात्र कोभिडका कारण ज्यान गुमाएका रिम नारायणको परिवारलाई रु १५ हजार नगद हस्तान्तरण गरिएको श्रेष्ठले जानकारी दिनुयो ।

images
प्रकाशित मिति :जेठ १९, २०७८ बुधवार - २२:१५:०७ बजे

इच्छाकामना न्युज

इच्छाकामना ब्रोडकाष्टिङ मिडिया प्रा. लि. द्वारा संचालित डिजिटल अनलाईन पत्रिका इच्छाकामना न्युज डटकम २०७४ साल जेठ देखि संचालनमा रहेको नेपाली भाषाको अनलाईन न्युज पोर्टल हो। ‘अब गाउँको खबर विश्वभर...’ भन्ने अभियानका साथ संचालित इच्छाकामना न्युज अनलाईन चितवनको इच्छाकामना गाउँपालिकाबाट संचालित पहिलो अनलाईन पनि हो। विशेष गरेर चितवनको इच्छाकामना गाउँपालिका सहित आसपासका स्थानीय तहहरु गोरखाको शहिद लखन र गण्डकी, तनहुँको आँबुखैरेनी र देवघाटका साथै धादिङको बेनिघाट रोराङ गाउँपालिकाको स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा, अपराध, कृषी, पर्यटन, सडक, विज्ञान–प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचारहरु हामी प्राथमिकताका साथ प्रकाशन गर्ने गर्छौ।

सम्बन्धित समाचार
images
images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology