ताक्लुङ, १९ जेठ । गोरखाको साविक ताक्लुड़ कोभिड राहात कार्यक्रम २०७८ले शहिद लखन गाउँपालिका वडा नम्बर ५ र ४ लाई स्वास्थ्य सामाग्री सहयोग गरेको छ । बुधबार अक्सिजन सिलिन्डर ५ सेट, पिपिई २० थान, मास्क ७०० पिस, पल्स अक्सिमिटर ५ पिस , फोल्ड बेड २ सेट ,फेस सिल्ड ७ ,सेनिटाइजर २ जार र १५ बोतल, स्टेचर फोल्डिङ २ पिस र गोलोप्स ८०० पिस सहयोग हस्तान्तरण गरिएको हो ।

१ लाख ६३ हजार ४८ रुपैयाँ बराबरको स्वास्थ्य सामाग्री गाउँपालिका उपाध्यक्ष इन्दिरा तीवारी, वडा ४ का अध्यक्ष कृष्ण चेपाङ र वडा नम्बर ५ का अध्यक्ष याम बहादुर थापालाई हस्तान्तरण गरिएको विपन श्रेष्ठले जानकारी दिनुभयो ।
यसैबिच वैदेशिक रोजगारको सिलसिलामा मलेसियामा मंगलबार मात्र कोभिडका कारण ज्यान गुमाएका रिम नारायणको परिवारलाई रु १५ हजार नगद हस्तान्तरण गरिएको श्रेष्ठले जानकारी दिनुयो ।