Logo

सोमवार, कार्तिक १० गते २०८३

images
२०८३, कार्तिक १० गते
TRENDING
images

देवघाट गाउँपालिकामा कोरोना संक्रमित घट्दै, पछिल्लो समय सक्रिय संक्रमित ६ जना मात्र

देवघाट गाउँपालिकामा कोरोना संक्रमित घट्दै, पछिल्लो समय सक्रिय संक्रमित ६ जना मात्र

images

आशिक राना

१९, जेठ २०७८
देवघाट गाउँपालिकामा कोरोना संक्रमित घट्दै, पछिल्लो समय सक्रिय संक्रमित ६ जना मात्र
images

देवघाट, १९ जेठ । तनहुँको देवघाट गाउँपालिकामा कोरोना संक्रमितको संख्या घट्दै गएको छ। देशव्यापी रुपमा फैलिरहेको कोरोना भाईरसको दोस्रो भेरियन्टको प्रभाव गाउँपालिकामा भने कम देखिएको हो। 

हालसम्म गाउँपालिकामा १ सय ४० जनामा कोरोना परीक्षण गरेकोमा २६ जनामा मात्र संक्रमण देखिएको थियो। जसमा १७ जना पुरुष र ९ जना महिला रहेको गाउँपालिकाका स्वास्थ्य शाखा प्रमुख प्रदीप बुढाथोकीले जानकारी दिए।

शाखा प्रमुख बुढाथोकीका अनुसार गाउँपालिकामा भएका संक्रमित मध्य १ जनाको मृत्यु हुनुका साथै १९ जना निको भएका छन् साथै हाल गाउँपालिकामा ६ जना मात्र सक्रिया संक्रमित रहेको छ। 

यस्तै गाउँपालिकामा आज आएको कोरोना परिक्षण रिपोर्टमा २ जनामा कोरोना संक्रमण देखिएको छ। 

यसैगरी गाउँपालिकामा कोरोना संक्रमणको प्रभाव कम देखिनुमा गाउँपालिकाले अपनाएको सजगताले पनि काम गरेको गाउँपालिका अध्यक्ष दुर्ग बहादुर थापाले जानकारी दिए। अध्यक्ष थापाका अनुसार गाउँपालिकाले प्रवेश गर्ने हरेक नाकामा स्वंयसेवक समेत खटाएर निगरानी गर्ने गरिएको छ।

images
प्रकाशित मिति :जेठ १९, २०७८ बुधवार - २०:४३:३५ बजे

आशिक राना

पत्रकार आशिक राना इच्छाकामना न्युजको देवघाट प्रतिनिधी हुन् भने देवघाट गाउँपालिकाको प्रेस संयोजक समेत हुनुहुन्छ।

सम्बन्धित समाचार
images
images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology