Logo

सोमवार, कार्तिक १० गते २०८३

images
२०८३, कार्तिक १० गते
TRENDING
images

सरकारमा जाने बिषयमा जसपामा फाटो, एकले अर्को पक्षलाइ गरे निष्कासन 

सरकारमा जाने बिषयमा जसपामा फाटो, एकले अर्को पक्षलाइ गरे निष्कासन 

images

इच्छाकामना न्युज

१८, जेठ २०७८
सरकारमा जाने बिषयमा जसपामा फाटो, एकले अर्को पक्षलाइ गरे निष्कासन 
images

काठमाण्डौ, १८ जेठ । सरकारमा सहभागि हुने बिषयलाइ लिएर जनता समाजवादी पार्टी जसपामा फाटो आएको छ । जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादव पक्षले अर्का अध्यक्ष महन्थ ठाकुर सहित चार नेतालाई पार्टीबाट निष्कासन गर्ने निर्णय गरेको छ ।

आज बसेको कार्यकारिणी बैठकले ठाकुरसहित वरिष्ठ नेता राजेन्द्र महतो, कार्यकारिणी सदस्य लक्ष्मणलाल कर्ण, सर्वेन्द्रनाथ शुक्लालाई पार्टी सदस्यबाट निष्कासन गरेको नेता रामसहाय प्रसाद यादवले जानकारी दिनुभयो ।  

जसपाले निष्कासनबारे निर्वाचन आयोगलाई पनि जानकारी गराएको छ । आयोगमा दर्ता गरिएको पत्रमा जेठ १७ गते पार्टी कार्यालय बालकुमारीमा बसेको कार्यकारिणीको बैठकले निष्कासनको निर्णय गरेको उल्लेख गरिएको छ ।

जेठ ८ गतेको कार्यकारिणीको बैठकको निर्णयअनुसार पटकपटक स्षटीकरण सोध्दा नदिएकाले कारबाही गरिएको भन्दै आयोगको आफ्नो दलको दर्ता किताबबाट उनीहरुको नाम हटाउन पनि अनुरोध गरिएको छ ।

यसैबीच, जसपाका अध्यक्ष महन्थ ठाकुरपक्षको बैठकले अर्का अध्यक्ष उपेन्द्र यादवलाई पार्टीबाट निष्कासन गर्ने निर्णय गरेको छ । अध्यक्ष यादवलाई पार्टीबाट निष्काशन गरिएको र त्यसको जानकारी निर्वाचन आयोगलाई समेत दिइएको ठाकुर पक्षका नेताहरुले बताएका छन् ।  

images
प्रकाशित मिति :जेठ १८, २०७८ मंगलवार - २१:४५:३९ बजे

इच्छाकामना न्युज

इच्छाकामना ब्रोडकाष्टिङ मिडिया प्रा. लि. द्वारा संचालित डिजिटल अनलाईन पत्रिका इच्छाकामना न्युज डटकम २०७४ साल जेठ देखि संचालनमा रहेको नेपाली भाषाको अनलाईन न्युज पोर्टल हो। ‘अब गाउँको खबर विश्वभर...’ भन्ने अभियानका साथ संचालित इच्छाकामना न्युज अनलाईन चितवनको इच्छाकामना गाउँपालिकाबाट संचालित पहिलो अनलाईन पनि हो। विशेष गरेर चितवनको इच्छाकामना गाउँपालिका सहित आसपासका स्थानीय तहहरु गोरखाको शहिद लखन र गण्डकी, तनहुँको आँबुखैरेनी र देवघाटका साथै धादिङको बेनिघाट रोराङ गाउँपालिकाको स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा, अपराध, कृषी, पर्यटन, सडक, विज्ञान–प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचारहरु हामी प्राथमिकताका साथ प्रकाशन गर्ने गर्छौ।

सम्बन्धित समाचार
images
images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology