Logo

सोमवार, कार्तिक १० गते २०८३

images
२०८३, कार्तिक १० गते
TRENDING
images

जसपाको ठाकुर पक्ष सरकारमा सहभागि हुने 

जसपाको ठाकुर पक्ष सरकारमा सहभागि हुने 

images

इच्छाकामना न्युज

१७, जेठ २०७८
जसपाको ठाकुर पक्ष सरकारमा सहभागि हुने 
images

काठमाण्डौ, १७ जेठ । जनता समाजवादी पार्टी जसपाको एउटा पक्ष सरकारमा सहभागि हुने भएको छ । प्रधानमन्त्री केपी ओली र जनता समाजवादी पार्टीका अध्यक्ष महन्थ ठाकुर, नेता राजेन्द्र महतो, लक्ष्मणलाल कर्ण लगायतको भेटमा सरकारमा जाने बारेमा सहमति भएको छ ।

प्रधानमन्त्रीसँगको भेटमा नेताहरुले मुद्दा फिर्ता र सरकारमा सहभागीताका विषयमा छलफल गरेका थिए । प्रधानमन्त्री ओलीले सरकारमा सहभागि हुन र सरकारबाटै चित्त नबुझेका कुराहरुमा सहमति जनाउन आग्रह गरेपछि सरकारमा सहभागि हुन लागेको नेता कर्णले जानकारी दिनुभयो ।

नेता कर्णले ८ मन्त्री र २ राज्यमन्त्री सहित सरकारमा जाने सहमति भएको बताउनुभयो ।  मधेस आन्दोलन र थरुहट आन्दोलनमा सहभागी नेता कार्यकर्ता माथि लागेका केही मुद्दा फिर्ता लिने प्रविधिक काम पूरा भएपछि सरकारमा सहभागीताबारे निर्णय लिइने उहाँले बताउनुभयो ।

images
प्रकाशित मिति :जेठ १७, २०७८ सोमवार - २१:०४:५० बजे

इच्छाकामना न्युज

इच्छाकामना ब्रोडकाष्टिङ मिडिया प्रा. लि. द्वारा संचालित डिजिटल अनलाईन पत्रिका इच्छाकामना न्युज डटकम २०७४ साल जेठ देखि संचालनमा रहेको नेपाली भाषाको अनलाईन न्युज पोर्टल हो। ‘अब गाउँको खबर विश्वभर...’ भन्ने अभियानका साथ संचालित इच्छाकामना न्युज अनलाईन चितवनको इच्छाकामना गाउँपालिकाबाट संचालित पहिलो अनलाईन पनि हो। विशेष गरेर चितवनको इच्छाकामना गाउँपालिका सहित आसपासका स्थानीय तहहरु गोरखाको शहिद लखन र गण्डकी, तनहुँको आँबुखैरेनी र देवघाटका साथै धादिङको बेनिघाट रोराङ गाउँपालिकाको स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा, अपराध, कृषी, पर्यटन, सडक, विज्ञान–प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचारहरु हामी प्राथमिकताका साथ प्रकाशन गर्ने गर्छौ।

सम्बन्धित समाचार
images
images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology