देवघाट, १३ जेठ । तनहुँको देवघाट गाउँपालिकालाई लायन्स क्लव अफ इन्टरनेशनल डिष्ट्रिक ३२५ बि २ ले अक्सिजन कन्सनट्रेटर सहयोग गरेको छ। क्लवले आज गाउँपालिका अध्यक्ष दुर्ग बहादुर थापालाई १ थान अक्सिजन कन्सनट्रेटर सहयोग गरेको हो।
लायन्स क्लव अफ इन्टरनेशनल डिष्ट्रिक ३२५ बि २ नेपाल एरिया ३ का डिष्ट्रिक गभर्नर रामप्रसाद भट्टले सो अक्सिजन कन्सनट्रेटर हस्तान्तरण गर्नुभएको थियो।
देवघाट गाउँपालिका अध्यक्ष दुर्ग बहादुर थापाले बिश्व महामारीको रुपमा देशको विभिन्न स्थानहरुमा फैलिएको कोविड १९ कोरोना भाइरसको रोकथाम र नियन्त्रणको लागि गाउँपालिकालाई मध्य नजर गर्दै क्लवले अक्सिजन कन्सनट्रेटर सहयोग गरेकोमा खुशी व्यक्त गर्दै संस्थालाई धन्यवाद समेत दिनुभयो।

साथै अध्यक्ष थापाले देवघाट गाउँपालिकाले कोरोना भाइरस रोकथाम र नियन्त्रणको लागी प्रचारप्रसार, माईकिङ्ग र विभिन्न स्थानमा ब्यानर र देवघाट प्रवेश नाकाहरुमा कडाई गरि आफ्नो गाउँपालिका बासीलाई सुरक्षित राख्नको लागि निरन्तर अगाडी बढेको उहाँले बताउनु भयो।
यस्तै क्लबका ड्रीष्टिक गभर्नर रामप्रसाद भट्टले देवघाट एक पर्यटकीय, धार्मिकधाम संगै बढी वृद्वहरु बस्ने क्षेत्र भएको हुनाले कोरोना भाइरसको संक्रमण बाट कुनै पनि ब्याक्तीले अक्सिजनको अभाव अकालमा ज्यान गुमाउन नपरोस् भन्ने उद्देश्यले चितवन र नवलपुर क्षेत्रका लायन्स क्लबहरु तथा देश बिदेशमा रहनु हुने लायन्सका परिवार सदस्यहरु बाट सहयोग जुटाई सो अक्सिजन कन्सनट्रेटर सहयोग गरेको बताउनुभयो।
साथै लायन्स क्लबले देशको विभिन्न स्थानहरू बुटवल, बिरगंज, हेटौंडा लगाएत अन्य ठाउँहरुमा स्वास्थ्य सामाग्री, स्वास्थ्य उपकरण, आइसोलेसन वार्ड र बिरामीहरुलाई खाना खुवाउने तथा रक्तदान कार्यक्रम समेत गरेको भट्टले जानकारी दिनुभयो।