Logo

आइतवार, कार्तिक ९ गते २०८३

images
२०८३, कार्तिक ९ गते
TRENDING
images

लायन्स क्लवद्वारा तनहुँको देवघाट गाउँपालिका १ थान अक्सिजन कन्सनट्रेटर सहयोग

लायन्स क्लवद्वारा तनहुँको देवघाट गाउँपालिका १ थान अक्सिजन कन्सनट्रेटर सहयोग

images

इच्छाकामना न्युज

१३, जेठ २०७८
लायन्स क्लवद्वारा तनहुँको देवघाट गाउँपालिका १ थान अक्सिजन कन्सनट्रेटर सहयोग
images

देवघाट, १३ जेठ । तनहुँको देवघाट गाउँपालिकालाई लायन्स क्लव अफ इन्टरनेशनल डिष्ट्रिक  ३२५ बि २ ले अक्सिजन कन्सनट्रेटर सहयोग गरेको छ। क्लवले आज गाउँपालिका अध्यक्ष दुर्ग बहादुर थापालाई १ थान अक्सिजन कन्सनट्रेटर सहयोग गरेको हो। 

लायन्स क्लव अफ इन्टरनेशनल डिष्ट्रिक  ३२५ बि २ नेपाल एरिया ३ का डिष्ट्रिक गभर्नर रामप्रसाद भट्टले सो अक्सिजन कन्सनट्रेटर हस्तान्तरण गर्नुभएको थियो।

देवघाट गाउँपालिका अध्यक्ष दुर्ग बहादुर थापाले बिश्व महामारीको रुपमा देशको विभिन्न स्थानहरुमा फैलिएको कोविड १९ कोरोना भाइरसको रोकथाम र नियन्त्रणको लागि गाउँपालिकालाई मध्य नजर गर्दै क्लवले अक्सिजन कन्सनट्रेटर सहयोग गरेकोमा खुशी व्यक्त गर्दै संस्थालाई धन्यवाद समेत दिनुभयो।

192072069_1016301322108023_1523176077578586137_n.jpg

साथै अध्यक्ष थापाले देवघाट गाउँपालिकाले कोरोना भाइरस रोकथाम र नियन्त्रणको लागी प्रचारप्रसार, माईकिङ्ग र विभिन्न स्थानमा ब्यानर र देवघाट प्रवेश नाकाहरुमा कडाई गरि आफ्नो गाउँपालिका बासीलाई सुरक्षित राख्नको लागि निरन्तर अगाडी बढेको उहाँले बताउनु भयो। 

यस्तै क्लबका ड्रीष्टिक गभर्नर रामप्रसाद भट्टले देवघाट एक पर्यटकीय, धार्मिकधाम संगै बढी वृद्वहरु बस्ने क्षेत्र भएको हुनाले कोरोना भाइरसको संक्रमण बाट कुनै पनि ब्याक्तीले अक्सिजनको अभाव अकालमा ज्यान गुमाउन नपरोस् भन्ने उद्देश्यले चितवन र नवलपुर क्षेत्रका लायन्स क्लबहरु तथा देश बिदेशमा रहनु हुने लायन्सका परिवार सदस्यहरु बाट सहयोग जुटाई सो अक्सिजन कन्सनट्रेटर सहयोग गरेको बताउनुभयो।

साथै लायन्स क्लबले देशको विभिन्न स्थानहरू बुटवल, बिरगंज, हेटौंडा लगाएत अन्य ठाउँहरुमा स्वास्थ्य सामाग्री, स्वास्थ्य उपकरण, आइसोलेसन वार्ड र बिरामीहरुलाई खाना खुवाउने तथा रक्तदान कार्यक्रम समेत गरेको भट्टले जानकारी दिनुभयो।

images
प्रकाशित मिति :जेठ १३, २०७८ बिहिवार - २०:२८:२७ बजे

इच्छाकामना न्युज

इच्छाकामना ब्रोडकाष्टिङ मिडिया प्रा. लि. द्वारा संचालित डिजिटल अनलाईन पत्रिका इच्छाकामना न्युज डटकम २०७४ साल जेठ देखि संचालनमा रहेको नेपाली भाषाको अनलाईन न्युज पोर्टल हो। ‘अब गाउँको खबर विश्वभर...’ भन्ने अभियानका साथ संचालित इच्छाकामना न्युज अनलाईन चितवनको इच्छाकामना गाउँपालिकाबाट संचालित पहिलो अनलाईन पनि हो। विशेष गरेर चितवनको इच्छाकामना गाउँपालिका सहित आसपासका स्थानीय तहहरु गोरखाको शहिद लखन र गण्डकी, तनहुँको आँबुखैरेनी र देवघाटका साथै धादिङको बेनिघाट रोराङ गाउँपालिकाको स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा, अपराध, कृषी, पर्यटन, सडक, विज्ञान–प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचारहरु हामी प्राथमिकताका साथ प्रकाशन गर्ने गर्छौ।

सम्बन्धित समाचार
images
images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology