Logo

मंगलवार, भाद्र ९ गते २०८३

images
२०८३, भाद्र ९ गते
images

स्वास्थ्य अवस्था बुझ्न आज पनि संक्रमितको घरदैलो पुग्दै देवघाट गाउँपालिका अध्यक्ष थापा

स्वास्थ्य अवस्था बुझ्न आज पनि संक्रमितको घरदैलो पुग्दै देवघाट गाउँपालिका अध्यक्ष थापा

आशिक राना

१२, जेठ २०७८
स्वास्थ्य अवस्था बुझ्न आज पनि संक्रमितको घरदैलो पुग्दै देवघाट गाउँपालिका अध्यक्ष थापा

देवघाट, १२ बैशाख । तनहुँको देवघाट गाउँपालिकाका अध्यक्ष दुर्ग बहादुर थापा आज पनि गाउँपालिका भित्रका संक्रमितहरुको घर घर पुगि स्वास्थ्य अवस्था बुझेका छन्। गाउँपालिकाका अध्यक्ष दुर्ग बहादुर थापा सहितको टोली गाउँपालिका भित्रका संक्रमितहरुको स्वास्थ्य अवस्था बुझ्न र उनीहरुको हौसला बढाउन घरघरमा पुगेका छन्।

images

गाउँपालिका अध्यक्ष दुर्ग बहादुर थापाले कोरोना संक्रमितहरुलाई सामाजिक दुरि कायम गरि घरदैलोमा पुगेर स्वास्थ्य सामाग्री प्रदान गर्दै स्वास्थ्य अवस्था बारे जानकारी लिई स्वास्थ्य लाभको कामना सहित हौसला प्रदान गर्नुभएको थियो। 

192243211_620002442731685_5070666975721759636_n.jpg

देवघाट गाउँपालिकामा हाल ८जना मात्र संक्रमित रहेको छ । हिजो मंगलबार प्राप्त रिर्पोटमा १ महिला ४ पुरुष गरि ५ जना संक्रमित थपिएको थियो । केही दिन अघि २७  जनाको स्वाव संकलन गरि परिक्षणको लागि पोखरा पठाईएको थियो । परिक्षणमा यस अघि संक्रमित भएका २ जनाको पनि रिर्पोट पुनः पोजेटिभ आएको देवघाट गाउँपालिका स्वास्थ्य शाखा प्रमुख प्रदीप बुढाथोकीले जानकारी दिनुभएको थियो ।

हाल देवघाट गाउँपालिका भित्रका संक्रमित सबै  होम आइसोलेसनमा रहेको र उनीहरुको स्वास्थ्य अवस्था सामान्य रहेको देवघाट गाउँपालिका (CICT) संयोजक जिबन गुरुङले जानकारी दिनुभएको थियो ।

उक्त समूहमा देवघाट ५ का वडा सदस्य भोजराज नैनावस्ति, ईप्रका देवघाटका इन्चार्ज सुशील लामिछाने, गाउँपालिकाका स्वास्थ्य कर्मि बिष्णु कमली लगायत रहेका छन्।

images
प्रकाशित मिति :जेठ १२, २०७८ बुधवार - २१:१३:३१ बजे

आशिक राना

पत्रकार आशिक राना इच्छाकामना न्युजको देवघाट प्रतिनिधी हुन् भने देवघाट गाउँपालिकाको प्रेस संयोजक समेत हुनुहुन्छ।

images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology