देवघाट, १२ जेठ । तनहुँको देवघाट गाउँपालिका वडा नम्बर ५ भित्र पर्ने नेपालकै एक पवित्रधाम तनहुँको देवघाटधाम वरपर, वेणी संगम र नदीको किनार वरिपरि सरसफाइ कार्यक्रम सम्पन्न भएको छ।

सो सरसफाइ देवघाट गाउँपालिका अध्यक्ष दुर्ग बहादुर थापामगरको संयोजकत्व भएको कार्यक्रममा देवघाट ५ नम्बर वडा सदस्य भोजराज नैनावस्ति, देवघाट ईलाका प्रहरी कार्यालय इन्चार्ज सुशील लामिछाने, देवघाट गाउँपालिका स्वास्थ्यकर्मी बिष्णु कमली, समाजसेवी प्रवीण कार्की, देवघाट लियो क्लब अफ चौतारीका अध्यक्ष आत्माराम पाण्डे, आशिष कार्की, सुस्मिता नेपाल, देवघाट गाउँपालिका सामुदायिक स्वयंसेवक केशव पोख्रेल लगाएको उपस्थिति रहेको थियो।
