चितवन, १२ जेठ । आज देशभर ६ हजार ६ सय ७७ जना कोरोना सङ्क्रमित थपिएका छन् । आजनयाँ सङ्क्रमित भन्दा सङ्क्रमणमुक्त हुने धेरै छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले आज आयोजना गरेको कोभिड १९ प्रेस ब्रिफिङमा पछिल्लो २४ घण्टामा १९ हजार ३० नमुनाहरुको पीसीआर परीक्षणमा ६ हजार ६७७ जनामा कोरोना पुष्टि भएको जानकारी दिएको छ ।
३ सय २२ नमुना एन्टिजेन विधिबाट गरिएको परीक्षणमा ३७ जनामा पोजिटिभ देखिएको छ । यस्तै २४ घण्टामा ६ हजार ७१६ जनानिको भएका छन् । आज कोरोनाका कारण थप १४५ जनाको मृत्यु भएको छ । नेपालमा सक्रिय सङ्क्रिमतको संख्याभने १ लाख १७ हजार ७७ पुगेको छ ।