Logo

सोमवार, कार्तिक १० गते २०८३

images
२०८३, कार्तिक १० गते
TRENDING
images

नेपाललाई विश्व समुदायको सहयोग आउनेक्रम जारी 

नेपाललाई विश्व समुदायको सहयोग आउनेक्रम जारी 

images

सिआईएन

१०, जेठ २०७८
नेपाललाई विश्व समुदायको सहयोग आउनेक्रम जारी 
images

स्नेहा कर्ण, काठमाडौँ, १० जेठ । कोरोनाविरुद्धको लडाईंमा नेपाललाई विश्व समुदायले सहयोग गर्नेक्रम बढेको छ । छिमेकी देश भारत, चीनबाट आवश्यक पर्ने अर्बौका स्वास्थ्य सामग्री र उपकरण आइसकेका छन् । गतशनिबार स्वीट्जरल्याण्डबाट ९४ करोडको स्वास्थ्य सामग्री नेपाल आइपुग्यो ।

अमेरिकाबाट पनि सयवटा भेन्टिलेटर र १ हजार अक्सिजन सिलिन्डरसहितको ५० करोडभन्दा बढीको सामग्री आइपुगेको छ । काठमाडाँमा अक्सिजनसहितका स्वास्थ्य सामग्री आइपुगे भन्दा प्रदेशमा लामो श्वास फेर्न थालेका छन् ।

ती सामग्री छिट्टै आउलान् र सङ्कटमा बिरामी बचाउन सकिएका भन्ने आशा बढाएको सेती प्रादेशिक अस्पतालका सूचना अधिकारी दिलीप श्रेष्ठले बताउनुभयो । कोरोना महामारीको पहिलो लहरमा प्रदेश नम्बर २ सबैभन्दा बढी प्रभावित बनेको प्रदेश हो भने दोस्रो चरणको लहरमा पछिल्लो १० दिनदेखि सङ्क्रमितको दर बढ्न थालेको छ ।

सङ्क्रमित बढेसँगै स्वास्थ्य सामग्री प्रदेशमा पुग्न थालेपछि प्रदेश २ मा पनि बिरामी व्यवस्थापनमा सहज हुने अपेक्षा गरिएको प्रदेश २ को स्वास्थ्य आपूर्ति व्यवस्थापन केन्द्रका प्रमुख डा. प्रमोद यादवको भनाइ छ ।  नेपालमा कोरोनाको दोस्रो लहर सुरु भएपछि विभिन्न अन्तर्राष्ट्रिय समुदायले अक्सिजन सिलिन्डर, भेन्टिलेटर, अक्सिजन कन्सन्ट्रेटर, व्यक्तिगत सुरक्षा सामग्री लगायतको सहयोग पठाउन थालेका छन् ।

अमेरिका, स्विटजरल्याण्ड, चीन, अष्टेलिया,  लगायतका मुलुकबाट झन्डै २ अर्बभन्दा बढीको स्वास्थ्य उपकरणसहितका सामग्री नेपाल आएको परराष्ट्र मन्त्रालयका सह प्रवक्ता सुरेश अधिकारीले जानकारी दिनुभयो । राजधानी काठमाडौँमा आइरहेका ती सामग्रीले सहज हुने गाउँगाउँका स्वासथ्य संस्थाले पनि अपेक्षा गरेका छन् ।

कतै सांसद, मन्त्री पहुँचवालाको क्षेत्रमा मात्रै त्यो सामग्री पुग्ला कि भन्ने गाउँको चिन्ता छ । तर त्यसो नहुने दावी स्वास्थ्य सेवा विभाग अन्तर्गतका आपूर्ति व्यवस्थापन शाखाका प्रमुख उपेन्द्र ढुङ्गानाको छ । पछिल्लो समय मुलुकमा सङ्क्रमण दर औसमा ८ हजार पुगेको छ ।

देशभर सङ्क्रमित थपिने दर बढेसँगै संस्थागत आइसोलेसनमा भर्ना हुनेको संख्या बढ्दै गर्दा सरकारले पारदर्शी रुपमा सामग्री वितरण गर्नुपर्ने विज्ञहरुको सुझाव छ ।  

images
प्रकाशित मिति :जेठ १०, २०७८ सोमवार - ०९:२५:४७ बजे

सिआईएन

सामुदायिक रेडियो प्रसारक संघ (सिआईएन) देशभरका सामुदायिक रेडियोहरुको साझा संस्था हो । इच्छाकामना न्युज डटकमले पनि मनकामना एफ एम ९८.७ मेगाहर्जमा मार्फत सिआईएनसँग समाचारको लागि साझेदारी गर्ने गर्छ ।

सम्बन्धित समाचार
images
images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology