Logo

सोमवार, कार्तिक १० गते २०८३

images
२०८३, कार्तिक १० गते
TRENDING
images

अमेरिका र स्विटजरल्याण्डबाट स्वास्थ्य सामग्री नेपाल आउँदै 

अमेरिका र स्विटजरल्याण्डबाट स्वास्थ्य सामग्री नेपाल आउँदै 

images
अमेरिका र स्विटजरल्याण्डबाट स्वास्थ्य सामग्री नेपाल आउँदै 
images

काठमाण्डौ, ८ जेठ । कोरोना महामारीको दोस्रो लहरबाट प्रभावित बनेको नेपाललाई विदेशबाट थप स्वास्थ्य सामग्री सहयोग आज नेपाल आउँदैछ । कोरोनाविरुद्धको लडाईमा अन्तर्राष्ट्रिय समुदायले नेपाललाई सहयोग स्वरुप स्वास्थ्य सामग्री उपलब्ध गराउँदै आएको छ ।

यसैक्रममा अमेरिका र स्वीटजरल्याण्डबाट आज थप स्वास्थ्य सामग्री नेपाल आउन लागेको हो । अमेरिकी सहयोग नियोग (यूएसएआईडी) मार्फत ठूलो मात्रामा स्वास्थ्य सामग्री पठाउन लागेको हो ।

कोरोना महामारीसँग जुधिरहेको नेपालका लागि यो सहयोग पठाइएको नियोगले जारी गरेको प्रेस वक्तव्यमा उल्लेख छ । अमेरिकाबाट आउने सामग्री आज दिउँसो १ बजे काठमाडौं पुग्ने परराष्ट्र मन्त्रालयले जनाएको छ ।

यस्तै स्विटजरल्याण्डबाट पनि आज अक्सिजन कन्सन्ट्रेटरसहितका स्वास्थ्य सामग्री नेपाल आउँदैछ । बिहान ९ बजे स्विटजरल्याण्डबाट आउने सामग्री त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गर्नेछ ।

images
प्रकाशित मिति :जेठ ८, २०७८ शनिवार - ०८:५९:०४ बजे

इच्छाकामना न्युज

इच्छाकामना ब्रोडकाष्टिङ मिडिया प्रा. लि. द्वारा संचालित डिजिटल अनलाईन पत्रिका इच्छाकामना न्युज डटकम २०७४ साल जेठ देखि संचालनमा रहेको नेपाली भाषाको अनलाईन न्युज पोर्टल हो। ‘अब गाउँको खबर विश्वभर...’ भन्ने अभियानका साथ संचालित इच्छाकामना न्युज अनलाईन चितवनको इच्छाकामना गाउँपालिकाबाट संचालित पहिलो अनलाईन पनि हो। विशेष गरेर चितवनको इच्छाकामना गाउँपालिका सहित आसपासका स्थानीय तहहरु गोरखाको शहिद लखन र गण्डकी, तनहुँको आँबुखैरेनी र देवघाटका साथै धादिङको बेनिघाट रोराङ गाउँपालिकाको स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा, अपराध, कृषी, पर्यटन, सडक, विज्ञान–प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचारहरु हामी प्राथमिकताका साथ प्रकाशन गर्ने गर्छौ।

सम्बन्धित समाचार
images
images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology