Logo

सोमवार, कार्तिक १० गते २०८३

images
२०८३, कार्तिक १० गते
TRENDING
images

प्रधानमन्त्री र राष्ट्रपतिको कदमका बारेमा छलफल गर्न काँग्रेस पदाधिकारी बैठक बस्दै 

प्रधानमन्त्री र राष्ट्रपतिको कदमका बारेमा छलफल गर्न काँग्रेस पदाधिकारी बैठक बस्दै 

images
प्रधानमन्त्री र राष्ट्रपतिको कदमका बारेमा छलफल गर्न काँग्रेस पदाधिकारी बैठक बस्दै 
images

काठमाण्डौ, ८ जेठ । प्रतिनिधिसभाको विघटन गरी मध्यावधि निर्वाचनको घोषणा भएपछिको रणनीतिका बारेमा छलफल गर्न नेपाली काँग्रेसको पदाधिकारी बैठक आज बस्दै छ । सरकारको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले संसद विघटन गरेर चुनावको मिति घोषणा गरेपछि काँग्रेसले छलफल गर्न लागेको हो ।

सभापति शेरबहादुर देउवा निवास बुढानीलकण्ठमा बिहान ९ बजेका लागि बोलाइएको बैठकमा पूर्वपदाधिकारीहरुलाई पनि बोलाइएको छ । नेता प्रकाशसरण महतका अनुसार राष्ट्रपति र प्रधानमन्त्रीको कदम र भावी रणनीतिका बारेमा बैठकमा छलफल हुनेछ ।

पार्टी सभापति शेरबहादुर देउवाले बहुमत सांसदहरूको हस्ताक्षरसहित प्रधानमन्त्रीमा हिजो दाबी गरे पनि राष्ट्रपतिले त्यसलाई अस्वीकार गर्नुभएको थियो । 

images
प्रकाशित मिति :जेठ ८, २०७८ शनिवार - ०८:५७:५८ बजे

इच्छाकामना न्युज

इच्छाकामना ब्रोडकाष्टिङ मिडिया प्रा. लि. द्वारा संचालित डिजिटल अनलाईन पत्रिका इच्छाकामना न्युज डटकम २०७४ साल जेठ देखि संचालनमा रहेको नेपाली भाषाको अनलाईन न्युज पोर्टल हो। ‘अब गाउँको खबर विश्वभर...’ भन्ने अभियानका साथ संचालित इच्छाकामना न्युज अनलाईन चितवनको इच्छाकामना गाउँपालिकाबाट संचालित पहिलो अनलाईन पनि हो। विशेष गरेर चितवनको इच्छाकामना गाउँपालिका सहित आसपासका स्थानीय तहहरु गोरखाको शहिद लखन र गण्डकी, तनहुँको आँबुखैरेनी र देवघाटका साथै धादिङको बेनिघाट रोराङ गाउँपालिकाको स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा, अपराध, कृषी, पर्यटन, सडक, विज्ञान–प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचारहरु हामी प्राथमिकताका साथ प्रकाशन गर्ने गर्छौ।

सम्बन्धित समाचार
images
images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology