Logo

आइतवार, कार्तिक ९ गते २०८३

images
२०८३, कार्तिक ९ गते
TRENDING
images

कोरोना माहामारीमा पनि देवघाट गाउँपालिका अध्यक्ष थापाले माग्ने वृद्वको घरमै पुगेर गरे उद्दार

कोरोना माहामारीमा पनि देवघाट गाउँपालिका अध्यक्ष थापाले माग्ने वृद्वको घरमै पुगेर गरे उद्दार

images

आशिक राना

७, जेठ २०७८
कोरोना माहामारीमा पनि देवघाट गाउँपालिका अध्यक्ष थापाले माग्ने वृद्वको घरमै पुगेर गरे उद्दार
images

देवघाट, ७ बैशाख । कोरोना महामारीमा विचल्लीमा परेको वृद्वलाई देवघाट गाउँपालिका अध्यक्ष दुर्ग बहादुर थापाले घरमै पुगेर उद्दार गरेका छन्। अध्यक्ष थापाले ओखलढुंगा घर भइ  २० बर्ष देखि देवघाटको पुरानो झालुङ्गे पुलमा मागेर दैनिक गुजारा चलाउने न्यौपाने थरको करिब ८३ वर्षीय वृद्वको उनी बस्ने घरबाटै उद्वार गरेका हुन्। 

2.jpg

आफ्नो नाम पनि बताउन नसक्ने वृद्व देवघाटमा अर्काको काठको कच्ची घरमा एक्लै बसोबास गर्दै आएका थिए। स्थानीयहरुले वृद्व जेष्ठ नागरिक बिरामी भएको खबर सुनाए पछि आफु र केहि समाजसेवी ब्याक्तीहरु सहित तुरुन्त सो स्थानमा पुगि वृद्वको उद्दार गरिएको अध्यक्ष थापाले जानकारी दिए। वृद्वको उद्दार पछि उपचार गरिने र खान बस्नको लागी उचित ब्यवस्थापन गर्ने उनले बताए।

1.jpg

उद्दारको क्रममा उहाँको साथ बाट  नगद २ हजार २ सय रुपैयाँ समेत फेला परेको ईलाका प्रहरी कार्यालय देवघाटका इन्चार्ज सुशील लामिछानेले जानकारी दिए। उनी करिब पन्ध्र दिन देखि भोको रहेकोे र खानै नपाएको कारण केही दिन देखि थला परेको स्थानीयको भनाइ थियो।

images
प्रकाशित मिति :जेठ ७, २०७८ शुक्रवार - १९:०४:३८ बजे

आशिक राना

पत्रकार आशिक राना इच्छाकामना न्युजको देवघाट प्रतिनिधी हुन् भने देवघाट गाउँपालिकाको प्रेस संयोजक समेत हुनुहुन्छ।

सम्बन्धित समाचार
images
images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology