Logo

सोमवार, कार्तिक १० गते २०८३

images
२०८३, कार्तिक १० गते
TRENDING
images

जसपाले मौका पाए आफ्नै नेतृत्वमा सरकार बनाउने ठाकुर र यादव बीच सहमती

जसपाले मौका पाए आफ्नै नेतृत्वमा सरकार बनाउने ठाकुर र यादव बीच सहमती

images
जसपाले मौका पाए आफ्नै नेतृत्वमा सरकार बनाउने ठाकुर र यादव बीच सहमती
images

काठमाडौ, ४ जेठ । जसपा अध्यक्ष ठाकुर र उपेन्द्र यादवले मंगलबार संयुक्त विज्ञप्ति निकालेर राष्ट्रिय सहमतिको वा आफ्नो नेतृत्वमा सरकार बन्ने अवसर आएमा सरकार गठनमा अघि बढाउने बताएका छन् ।

तत्काल जसपा सरकारमा नजाने तर आफ्नै नेतृत्वमा सरकार बन्ने अवस्था आएमा वा राष्ट्रिय सहमतिको सरकार बन्ने अवस्थामा भने सहभागी हुने वक्तव्यमा उल्लेख छ ।

जसपाको कार्यकारिणी समितिको बैठक जेठ ८ र ९ गते बोलाउन महन्थ ठाकुर र उपेन्द्र यादव सहमत भएका छन् । ‘पार्टी सरकारमा सहभागी हुने र नहुने सम्बन्धमा व्यापक तर्क(वितर्क एवम् अइकलबाजीहरू भइरहेका छन्,’ विज्ञप्तिमा भनिएको छ, ‘तत्काल हाम्रो पार्टी सरकारमा सहभागी हुने छैन । जनता समाजवादी पार्टी, नेपाल सरकारमा सहभागी नभइ प्रतिपक्षमा नै रही आफ्नो भूमिका निर्वाह गर्ने पार्टीको नीति र निर्णय यथावत कायम रहने छ। तर राष्ट्रिय सहमति वा आफ्नै पार्टीको नेतृतवमा सरकार बन्ने अवसर प्राप्त हुन सक्ने अवस्था भएमा सरकार गठन गर्न अगाडि बढ्न सकिने छ।’

समायोजन हुन नसकेका पार्टी संगठन, भातृ संगठनहरूबीच पार्टी समायोजन सम्बन्धी कार्यलाई यथाशीघ्र सम्पन्न गर्नुपर्ने पनि विज्ञप्तिमा उल्लेख छ । ‘पार्टीमा उत्पन्न भएका समस्याहरूलाई आफू संगठित रहेको पार्टी संगठनभित्र छलफल गरी पार्टी विधान अन्तरगत रहेर नै समाधान गर्नु पर्दछ,’ संयुक्त विज्ञप्तिमा उल्लेख छ ।

पार्टीभित्र गुटबन्दी गर्ने, गुट(उपगुट खडा गर्ने र पार्टी नेताहरूका विरुद्ध भ्रम फैलाउने काम पनि बन्द गर्नुपर्नेमा उनीहरूको जोड छ ।

images
प्रकाशित मिति :जेठ ४, २०७८ मंगलवार - १६:२५:४० बजे

इच्छाकामना न्युज

इच्छाकामना ब्रोडकाष्टिङ मिडिया प्रा. लि. द्वारा संचालित डिजिटल अनलाईन पत्रिका इच्छाकामना न्युज डटकम २०७४ साल जेठ देखि संचालनमा रहेको नेपाली भाषाको अनलाईन न्युज पोर्टल हो। ‘अब गाउँको खबर विश्वभर...’ भन्ने अभियानका साथ संचालित इच्छाकामना न्युज अनलाईन चितवनको इच्छाकामना गाउँपालिकाबाट संचालित पहिलो अनलाईन पनि हो। विशेष गरेर चितवनको इच्छाकामना गाउँपालिका सहित आसपासका स्थानीय तहहरु गोरखाको शहिद लखन र गण्डकी, तनहुँको आँबुखैरेनी र देवघाटका साथै धादिङको बेनिघाट रोराङ गाउँपालिकाको स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा, अपराध, कृषी, पर्यटन, सडक, विज्ञान–प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचारहरु हामी प्राथमिकताका साथ प्रकाशन गर्ने गर्छौ।

सम्बन्धित समाचार
images
images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology