Logo

आइतवार, कार्तिक ९ गते २०८३

images
२०८३, कार्तिक ९ गते
TRENDING
images

देवघाटकी ६८ वर्षीया महिलाको कोरोना संक्रमणको कारण मृत्यु

देवघाटकी ६८ वर्षीया महिलाको कोरोना संक्रमणको कारण मृत्यु

images

आशिक राना

३, जेठ २०७८
देवघाटकी ६८ वर्षीया महिलाको कोरोना संक्रमणको कारण मृत्यु
images

देवघाट, ३ जेठ । तनहुँको देवघाट गाउँपालिका ५ गौरिटारकी ६८ वर्षीया महिलाको कोरोना संक्रमणको कारण मृत्यु भएको छ। उनको गएराती साँझ ७ बजेतिर मृत्यु भएको हो। 

कोरोना संक्रमणको लक्षण देखिएपछि हिजो बिहान मात्र उनको स्वाव संकलन गरी पिसिआर परीक्षणको लागि पठाईएको थियो तर रिपोर्ट नआउदै हिजै साँझ उनको मृत्यु भएको हो। 

मृतक महिलाको आज बिहान ११ बजे कोरोना रिपोर्ट पोजेटिभ आएको गाउँपालिकाका स्वास्थ्य शाखा प्रमुख प्रदिप बुढाथोकीले जानकारी दिनुभयो। शाखा प्रमुख बुढाथोकीका अनुसार मृतकको शव सुरक्षाको मापदण्ड अपनाई देवघाट स्थित त्रिशुली नदी किनारमा व्यवस्थापन गरिएको छ। 

मृतक महिला ६ दिन अघि मात्र काठमाण्डौबाट देवघाट घर आएकी थिइन्। देवघाट गाउँपालिकामा पछिल्लो समय सक्रिय कोरोना संक्रमितको संख्या १२ जना पुगेको छ भने १ जनाको मृत्यु भएको छ। 

images
प्रकाशित मिति :जेठ ३, २०७८ सोमवार - १३:१२:०६ बजे

आशिक राना

पत्रकार आशिक राना इच्छाकामना न्युजको देवघाट प्रतिनिधी हुन् भने देवघाट गाउँपालिकाको प्रेस संयोजक समेत हुनुहुन्छ।

सम्बन्धित समाचार
images
images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology