Logo

सोमवार, कार्तिक १० गते २०८३

images
२०८३, कार्तिक १० गते
TRENDING
images

इच्छाकामना शान्ति बजारका गोपी प्रजाको हत्या अभियोगमा एक महिला पक्राउ

इच्छाकामना शान्ति बजारका गोपी प्रजाको हत्या अभियोगमा एक महिला पक्राउ

जबरजस्ती करणी गर्न खोजेपछि खुर्पाले टाउँको हानेर हत्या गरेको स्वीकार

images
इच्छाकामना शान्ति बजारका गोपी प्रजाको हत्या अभियोगमा एक महिला पक्राउ
images

मुग्लिन, २ जेठ । चितवनको ईच्छाकामना गाउँपालिका वडा नं. ६ का ६५ बर्षीय वृद्ध गोपी प्रजाको हत्या गरेको अरोपमा एक महिला पक्राउ परेकि छिन । प्रजाको हत्या अभियोगमा सोहि स्थान घर भएकि ४५ वर्षीया काईली भन्ने सर्किना चेपाङलाइ चितवन प्रहरीले पक्राउ गरेको हो । 

बैशाख ३१ गते ईच्छाकामना गाउँपालिका वडा नं. ५ स्थित तिननम्बर पुलबाट अन्दाजि ५० मिटर तल खोल्सामा गोपी प्रजाको शव भेटिएको थियो । टाउकोमा चोट लागेको अवस्थामा प्रजाको शव भेटिएपछि चितवन प्रहरीले गहिरो गरी अनुसन्धान बढाएको थियो । 

अनुसन्धानको क्रममा स्थानीय सर्किना चेपाङलाई हिजो नियन्त्रणमा लिई उनलाई सोधपुछ गर्ने क्रममा उनले प्रजा माथी धारिलो हतियार प्रहार गरि घाईते अवस्थामा छोडेको बयान दिएको प्रहरीले जनाएको छ ।

घटनास्थल नजिक मृतक प्रजाले जबरजस्ती गर्न खोजेपछि प्रतिकार स्वरुप आफुले साथमा रहेको खुर्पाले टाउकोमा प्रहार गरेको उनले स्वीकार गरेको प्रहरीको भनाई छ । महिलाको साथबाट धारिलो हतियार (खुर्पा) बरामद गरिएको छ । घटनाको सम्वन्धमा थप अनुसन्धान भैरहेको छ ।

images
प्रकाशित मिति :जेठ २, २०७८ आइतवार - २२:०९:५९ बजे

इच्छाकामना न्युज

इच्छाकामना ब्रोडकाष्टिङ मिडिया प्रा. लि. द्वारा संचालित डिजिटल अनलाईन पत्रिका इच्छाकामना न्युज डटकम २०७४ साल जेठ देखि संचालनमा रहेको नेपाली भाषाको अनलाईन न्युज पोर्टल हो। ‘अब गाउँको खबर विश्वभर...’ भन्ने अभियानका साथ संचालित इच्छाकामना न्युज अनलाईन चितवनको इच्छाकामना गाउँपालिकाबाट संचालित पहिलो अनलाईन पनि हो। विशेष गरेर चितवनको इच्छाकामना गाउँपालिका सहित आसपासका स्थानीय तहहरु गोरखाको शहिद लखन र गण्डकी, तनहुँको आँबुखैरेनी र देवघाटका साथै धादिङको बेनिघाट रोराङ गाउँपालिकाको स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा, अपराध, कृषी, पर्यटन, सडक, विज्ञान–प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचारहरु हामी प्राथमिकताका साथ प्रकाशन गर्ने गर्छौ।

सम्बन्धित समाचार
images
images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology