Logo

मंगलवार, भाद्र ९ गते २०८३

images
२०८३, भाद्र ९ गते
images

कोरोना संक्रमितको छटपटिदै ज्यान गुमाउदै, मन्त्रीहरु भने लाचारी प्रदर्शन गर्दै

कोरोना संक्रमितको छटपटिदै ज्यान गुमाउदै, मन्त्रीहरु भने लाचारी प्रदर्शन गर्दै

इच्छाकामना न्युज

३१, बैशाख २०७८
कोरोना संक्रमितको छटपटिदै ज्यान गुमाउदै, मन्त्रीहरु भने लाचारी प्रदर्शन गर्दै

काठमाडौं, ३१ बैशाख । सरकारको अत्यासलाग्दो निष्क्रियताका कारण प्रदेश २ मा पनि कोरोना संक्रमित सर्वसाधारण छटपटाएर ज्यान गुमाउँदै छन्।

images

प्रदेशका स्वास्थ्य केन्द्र चुस्त र दुरुस्त पार्ने जिम्मेवारीमा रहेका सामाजिक विकासमन्त्री भने लाचारी प्रदर्शन गर्दै कमजोरी ढाकछोपमा व्यस्त देखिन्छन्।

सामाजिक विकासमन्त्री नवलकिशोर साहको पछिल्ला गतिविधिबाट उनी कोरोना संकटप्रति बेपर्वाह देखिएको पुष्टि हुन्छ।

साह बुधबार उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्री रामनरेश रायलाई लिएर दलबलसहित सप्तरी जिल्लाको हनुमाननगर कंकालिनी नगरपालिकास्थित विभिन्न मन्दिर तथा पर्यटकीय स्थल घुमफिरमा व्यस्त भए।

मन्त्रीद्वयको व्यस्तता सप्तरीस्थित बैरवाको विवाह मण्डप, योगिनियाको बोटानिकल गार्डेन, सोही स्थानको अधुरो राधाकृष्ण मन्दिर र हनुमाननगरको अधुरो राममन्दिरको स्थलगत निरीक्षणमा देखियो।

प्रदेशको स्वास्थ्य अवस्थाको जिम्मेवारी समालेका सामाजिक विकासमन्त्री साहको गृहजिल्ला सप्तरीमा कोरोना संक्रमण तथा मत्युदर डरलाग्दो गरी बढेको छ।

संक्रमितको एकमात्र सहारा गजेन्द्रनारायण सिंह अस्पतालको अवस्था बेहाल छ। आइसियु र भेन्टिलेटर सेवा सञ्चालन गर्ने जनशक्ति संक्रमित भएर आफैंं उपचारमा छन्। समाचार आजको नागरिक दैनिकमा प्रकाशित छ ।

images
प्रकाशित मिति :बैशाख ३१, २०७८ शुक्रवार - ०९:१८:०८ बजे

इच्छाकामना न्युज

इच्छाकामना ब्रोडकाष्टिङ मिडिया प्रा. लि. द्वारा संचालित डिजिटल अनलाईन पत्रिका इच्छाकामना न्युज डटकम २०७४ साल जेठ देखि संचालनमा रहेको नेपाली भाषाको अनलाईन न्युज पोर्टल हो। ‘अब गाउँको खबर विश्वभर...’ भन्ने अभियानका साथ संचालित इच्छाकामना न्युज अनलाईन चितवनको इच्छाकामना गाउँपालिकाबाट संचालित पहिलो अनलाईन पनि हो। विशेष गरेर चितवनको इच्छाकामना गाउँपालिका सहित आसपासका स्थानीय तहहरु गोरखाको शहिद लखन र गण्डकी, तनहुँको आँबुखैरेनी र देवघाटका साथै धादिङको बेनिघाट रोराङ गाउँपालिकाको स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा, अपराध, कृषी, पर्यटन, सडक, विज्ञान–प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचारहरु हामी प्राथमिकताका साथ प्रकाशन गर्ने गर्छौ।

सम्बन्धित समाचार
images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology