Logo

सोमवार, कार्तिक १० गते २०८३

images
२०८३, कार्तिक १० गते
TRENDING
images

विश्वासको मतमा जसपाले आफ्ना सांसदहरुलाई ह्वीप नलगाउने 

विश्वासको मतमा जसपाले आफ्ना सांसदहरुलाई ह्वीप नलगाउने 

images

सिआईएन

२७, बैशाख २०७८
विश्वासको मतमा जसपाले आफ्ना सांसदहरुलाई ह्वीप नलगाउने 
images

काठमाण्डौ, २७ बैशाख । प्रधानमन्त्री केपी शर्मा ओलीले मागेको विश्वासको मतमा जनता सामाजवादी पार्टी (जसपा)ले आफ्ना सांसदहरुलाई ह्वीप नलगाउने भएको छ। पार्टीका शीर्ष नेताहरुको बैठकले सांसदहरुलाई स्वविवेक प्रयोग गर्न दिने निर्णय गरेको नेता मनिष सुमनले सीआईनलाई जानकारी दिनुभयो ।

अध्यक्ष महन्थ ठाकुर, राजेन्द्र महतोले तटस्थ बस्ने प्रस्ताव गरे पनि बैठकले ह्वीप नलगाउने र स्वविवेकको आधारमा मत दिन पाउने निर्णय गरेको नेता सुमनको भनाई छ । ओली सरकार इतिहासकै प्रतिगामी भएको भन्दै आफूहरुले भने विपक्षमा मतदान गर्ने यादव र भट्टराई पक्षका नेताहरुले जनाएका छन् ।

यो निर्णयसँग जसपा सांसद तटस्थ बस्न पनि पाउने, ओलीको पक्षमा मतदान गर्न पनि पाउने र विपक्षमा मतदान गर्न पनि स्वतन्त्र भएका छन् । 

images
प्रकाशित मिति :बैशाख २७, २०७८ सोमवार - ०९:३६:२६ बजे

सिआईएन

सामुदायिक रेडियो प्रसारक संघ (सिआईएन) देशभरका सामुदायिक रेडियोहरुको साझा संस्था हो । इच्छाकामना न्युज डटकमले पनि मनकामना एफ एम ९८.७ मेगाहर्जमा मार्फत सिआईएनसँग समाचारको लागि साझेदारी गर्ने गर्छ ।

सम्बन्धित समाचार
images
images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology