काठमाण्डौ, १७ बैशाख । जनता समाजवादी पार्टीको बहुमत सदस्यले प्रधानमन्त्री केपी शर्मा ओली विरुद्ध ल्याइने अविश्वास प्रस्तावको पक्षमा उभिने निर्णय गरेका छन् । वैशाख १४ गते बसेको केन्द्रीय कार्यकारिणी समिति बैठकमा बहुमतले लुम्बिनीका ४ जना प्रदेश सांसदलाई कारबाही र प्रधानमन्त्री ओलीविरुद्धको अविश्वास प्रस्तावको पक्षमा उभिने निर्णय गरेको नेताहरुले बताएका छन् ।
जसपाभित्र सरकारमा जाने, नजाने, बर्तमान सरकारलाइ साथ दिने नदिने भन्ने बिषयमा विवाद रहेको छ । जसपामा हाल कायम रहेका ३२ सांसदमध्ये १८ जना सांसदले प्रधानमन्त्री ओलीविरुद्धको अविश्वास प्रस्तावमा हस्ताक्षर गरेका छन् । केन्द्रीय पदाधिकारीमा पनि बाबुराम भट्टराई र उपेन्द्र यादव पक्षकै बहुमत छ ।