Logo

मंगलवार, भाद्र ९ गते २०८३

images
२०८३, भाद्र ९ गते
images

सर्लाहीमा प्रहरीकै मिलेमतोमा भन्सार छलीका सामानहरुको तस्करी

सर्लाहीमा प्रहरीकै मिलेमतोमा भन्सार छलीका सामानहरुको तस्करी

इच्छाकामना न्युज

३१, चैत्र २०७७
सर्लाहीमा प्रहरीकै मिलेमतोमा भन्सार छलीका सामानहरुको तस्करी

सर्लाही, ३१ चैत । सर्लाही प्रहरीको मिलेमतोमा तस्करी तथा भन्सार छलीका सामानहरु सर्लाहीका विभिन्न बजारहरुमा भित्रने गरेको पाइएको छ । जिल्लाको वयलवास, लालबन्दी, हरिपुर, हरिवन, वरथवा र मलंगवा लगायतका बजारमा जिरा, मरिच र भारतिय चिनीका साथै सुर्ति, खैनी, गुट्का, कपडा लगायतका सामानहरु खुले आमरुपमा भित्रने गरेका छन् । 

images

जिल्ला प्रहरीका केही प्रहरी कर्माचारीहरुका साथै इलाका प्रहरी कार्यालय वयलवास केशरगञ्जका प्रहरी प्रमुख प्रहरी निरिक्षक विरेन्द्र राज गुरुङ्ग, ईलाका प्रहरी कार्यालय लालबन्दीका प्रहरी प्रमुख प्रहरी निरिक्षक निर्मल थापा सहितको मिलेमतोमा जिरा, मरिच र भारतिय चिनीका साथै सुर्ति, खैनी, गुट्का, कपडा बच्चाहरुका खेलौना लगायतका सामानहरु भारतिय नम्बरका सवारी साधनहरु मार्फत खुले आम रुपमा जिल्लाको वयलवास, लालबन्दी ,हरिपुर, हरिवन, वरथवा र मलंगवा लगायतका बजारहरुमा भित्र्याउने गरेको पाइएको हो ।

बजार क्षेत्रमा त्यस्ता सामानहरु लिएर आउदै गरेको अवस्थामा प्रहरीलाई खबर गर्दा प्रहरीले नियन्त्रणमा लिएर प्रहरीलाई बुझाउनुस भन्नुले प्रहरी र तस्करहरु विच राम्रो मिलेमतो रहेको प्रष्ट छ । 

घरेलु झैझगडा देखि लिएर मुद्दा मामिला, सिफारिस बनाइ दिए वापत, मिलापत्र गराइदिए वापत र नदी दोहन तथा सवारी साधनहरुबाट नियमित असुली धन्दा चलि रहेको भए पनि प्रहरी नै मिलेर भन्सार छलीका जिरा, मरिच र भारतिय चिनीका साथै सुर्ति, खैनी, गुट्का, कपडा लगायतका सामानहरुबाट समेत खुलेआम रुपमा कमिसन लिनुले प्रहरीहरुकै इसारामा तस्करहरु चल्ने गरेको प्रष्ट हुन्छ ।

images
प्रकाशित मिति :चैत्र ३१, २०७७ मंगलवार - २२:४१:१४ बजे

इच्छाकामना न्युज

इच्छाकामना ब्रोडकाष्टिङ मिडिया प्रा. लि. द्वारा संचालित डिजिटल अनलाईन पत्रिका इच्छाकामना न्युज डटकम २०७४ साल जेठ देखि संचालनमा रहेको नेपाली भाषाको अनलाईन न्युज पोर्टल हो। ‘अब गाउँको खबर विश्वभर...’ भन्ने अभियानका साथ संचालित इच्छाकामना न्युज अनलाईन चितवनको इच्छाकामना गाउँपालिकाबाट संचालित पहिलो अनलाईन पनि हो। विशेष गरेर चितवनको इच्छाकामना गाउँपालिका सहित आसपासका स्थानीय तहहरु गोरखाको शहिद लखन र गण्डकी, तनहुँको आँबुखैरेनी र देवघाटका साथै धादिङको बेनिघाट रोराङ गाउँपालिकाको स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा, अपराध, कृषी, पर्यटन, सडक, विज्ञान–प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचारहरु हामी प्राथमिकताका साथ प्रकाशन गर्ने गर्छौ।

images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology