Logo

मंगलवार, भाद्र ९ गते २०८३

images
२०८३, भाद्र ९ गते
images

आफैँ हुलाक टिकट विक्रि गर्दै जिप्रका सर्लाही

आफैँ हुलाक टिकट विक्रि गर्दै जिप्रका सर्लाही

रमेश अधिकारी( रितिक)

३१, चैत्र २०७७
आफैँ हुलाक टिकट विक्रि गर्दै जिप्रका सर्लाही

गोरखा, ३१ चैत । जिल्ला प्रशासन कार्यालय सर्लाहीले कार्यालय हाता भित्र छुट्टै हुलाक टिकट बिक्री काउन्टरको व्यवस्था गर्ने भएको छ । जिल्ला प्रशासन कार्यालयको मुल गेट वरिपरि बसेका  हुलाक  टिकट विक्रेताहरुले चर्को रकम लिएर टिकट विक्रि गर्ने गरेको गुनासो आएपछि जिल्ला प्रशासन कार्यालय सर्लाहीले सरकारी मुल्यमा टिकट बिक्री वितरण सुरु गरेको हो । 

images

कार्यालयमा विभिन्न सेवा लिन आउने सेवाग्राहीहरुसंग व्यापारीहरुले चर्को रकम असुलेको थाहा पाएपछि प्रमुख जिल्ला अधिकारी हेमराज तामाङले एक सुचना जारी गर्दै जिल्ला प्रशासन कार्यालय सर्लाहीले आफ्नो कार्यालयको कोठा नं। १४ बाट छुट्टै टिकट विक्रि काउन्टर खोल्ने बताउनु भयो । 

हुलाक टिकट अनिवार्य रुपमा चाहिने भएको र सेवाग्राहीहरु जिल्ला हुलाक कार्यालयबाट हुलाक टिकट नलिई प्रशासन  कार्यालय  बाहिर पसल थापेर बसेका व्यापारीहरुसँग बढी मूल्य तिरेर खरिद गर्नुपर्ने बाध्यतालाई मध्यनजर गर्दै कार्यालयबाटै हुलाक टिकटको बिक्री वितरण सुरु गरेको प्रमुख जिल्ला अधिकारी तामाङले बताउनुभयो ।

जिल्लाका सम्पूर्ण सरकारी कार्यालयहरूको नियमन तथा निर्देशनको जिम्मेवारी पाएको जिल्ला प्रशासन कार्यालयकै अगाडी  हुलाक टिकटमा खुलेयाम रुपमा कालोबजारी भइरहेको सेवाग्राहीहरूको गुनासो आएपछि प्रमुख जिल्ला अधिकारी तामाङले आक्रोस व्यक्त गर्नु भयो ।

जिल्लाका इलाका प्रशासन कार्यालय ,मालपोत, नापी, स्थानीय निकाय र अन्य गैर सरकारी कार्यालय अगाडि खुलेआम  रुपमा हुलाक टिकटमा कालोबजार भइरहे पनि सम्बन्धित निकाय भने मौन रहेको सेवाग्राहीहरुको गुनासो छ । 

कार्यालय बाहिर १ देखि १०० रुपैयाँसम्मका टिकटहरू किन्न पाइन्छ । तर बाहिरबाट किन्दा यसको मूल्य करिब दोब्बर पर्ने जिल्ला प्रशासन कार्यालयमा नागरिकताको प्रतिलिपि लिन आएका सेवाग्राही अम्वीका बुढाथोकीले गुनासो गर्नु भयो ।

सरकारी कामकाजको लागि अतिआवश्यक रहेको  हुलाक टिकटको खुलेआम रुपमा हुँदै आएको कालोबजारीलाई रोक्न जिल्ला प्रशासन कार्यालय सर्लाहीले चालेको कदम प्रशंसनीय रहेको सेवाग्राहीहरुले बताएका छन्,भने जिल्ला प्रशासन कार्यालय सहित इलाका प्रशासन कार्यालय ,मालपोत, नापी, स्थानीय निकाय र अन्य गैर सरकारी कार्यालय अगाडि सेवाग्राहीहरु फोटोकापी गराउँन  जाँदा समेत अन्यन्त्रको तुलनामा दोबबर दस्तुर लिने गरेको पाइएको छ ।

images
प्रकाशित मिति :चैत्र ३१, २०७७ मंगलवार - १०:०५:५४ बजे

रमेश अधिकारी( रितिक)

images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology