Logo

सोमवार, कार्तिक १० गते २०८३

images
२०८३, कार्तिक १० गते
TRENDING
images

२ सय ८ नेता/कार्यकर्ता रिहा गर्न गृहलाई जसपाको पत्र 

२ सय ८ नेता/कार्यकर्ता रिहा गर्न गृहलाई जसपाको पत्र 

images

इच्छाकामना न्युज

२८, चैत्र २०७७
२ सय ८ नेता/कार्यकर्ता रिहा गर्न गृहलाई जसपाको पत्र 
images

काठमाण्डौ, २८ चैत । जनता समाजवादी पार्टीले विभिन्न मुद्दामा अभियोग लागेका २ सय ८ जना नेता÷कार्यकर्ता रिहा गर्न गृह मन्त्रालयलाई पत्र लेखेको छ । जसपासँगको छलफलपछि सरकारले राजनीतिक मुद्दाको प्रकृति उल्लेख गरी निर्देशिका बनाएको आधारमा २ सय ८ जना आफ्ना पार्टीका नेता/कार्यकर्ता रिहा गर्ने प्रक्रिया अघि बढाउन जसपाले गृहलाई पत्र पठाएको हो ।

जसपाका नेता सुरेन्द्र झाका अनुसार गृह मन्त्रालयमा पठाएकोमा पत्रमा राजनीतिक मुद्दा मात्रै रहेको छ । जसलाई गृह मन्त्रालयले हेर्छ र रुजु गर्छ । गृहमन्त्रालयबाट कानुन मन्त्रालय हुँदै कानुनी रायसहित मन्त्रिपरिषदमा पुगेर यस विषयमा अन्तिम निर्णय हुने उहाँले बताउनुभयो ।

नेता झाले २४ मुद्दामा अभियोग लागेका २ सय ८ जना विभिन्न १३ जिल्लाका नेता/कार्यकर्ता रहेको पनि बताउनुभयो । जसमा टीकापुर घटनामा दोषी ठहर भइ कैद भुक्तान गरिरहनुभएका रेशम चौधरीदेखि प्रदेशको समाजिक विकास राज्यमन्त्री र स्थानीय तहका प्रमुखसमेत रहेका छन् ।

images
प्रकाशित मिति :चैत्र २८, २०७७ शनिवार - ०८:५६:२० बजे

इच्छाकामना न्युज

इच्छाकामना ब्रोडकाष्टिङ मिडिया प्रा. लि. द्वारा संचालित डिजिटल अनलाईन पत्रिका इच्छाकामना न्युज डटकम २०७४ साल जेठ देखि संचालनमा रहेको नेपाली भाषाको अनलाईन न्युज पोर्टल हो। ‘अब गाउँको खबर विश्वभर...’ भन्ने अभियानका साथ संचालित इच्छाकामना न्युज अनलाईन चितवनको इच्छाकामना गाउँपालिकाबाट संचालित पहिलो अनलाईन पनि हो। विशेष गरेर चितवनको इच्छाकामना गाउँपालिका सहित आसपासका स्थानीय तहहरु गोरखाको शहिद लखन र गण्डकी, तनहुँको आँबुखैरेनी र देवघाटका साथै धादिङको बेनिघाट रोराङ गाउँपालिकाको स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा, अपराध, कृषी, पर्यटन, सडक, विज्ञान–प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचारहरु हामी प्राथमिकताका साथ प्रकाशन गर्ने गर्छौ।

सम्बन्धित समाचार
images
images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology