Logo

सोमवार, कार्तिक १० गते २०८३

images
२०८३, कार्तिक १० गते
TRENDING
images

ओली सरकार ढाल्ने देउवाको प्रस्ताव जसपाद्वारा अस्वीकार

ओली सरकार ढाल्ने देउवाको प्रस्ताव जसपाद्वारा अस्वीकार

images

इच्छाकामना न्युज

२८, चैत्र २०७७
ओली सरकार ढाल्ने देउवाको प्रस्ताव जसपाद्वारा अस्वीकार
images

काठमाडौं, २८ चैत । नेपाली कांग्रसले केपी शर्मा ओली नेतृत्वको सरकार ढालेर आफ्नो नेतृत्वमा नयाँ सरकार बनाउन माओवादी केन्द्र र जनता समाजवादी पार्टी (जसपा) सँग प्रस्ताव राखेको छ ।

प्रस्तावमा माओवादी केन्द्रले सकारात्मक प्रतिक्रिया लिए पनि जसपाले सहमति नजनाएपछि शुक्रबार बसेको त्रिदलीय बैठक बिनानिष्कर्ष टुंगियो ।

नयाँ सत्ता समीकरणका लागि छलफल गर्न कांग्रसले माओवादी केन्द्र र जसपालाई बोलाएको थियो ।

बैठकको प्रारम्भमा कांग्रेस सभापति शेरबहादुर देउवाले ओली नेतृत्वको सरकार ढालेर कांग्रेस नेतृत्वमा माओवादी केन्द्र र जसप सम्मिलित नयाँ सरकार बनाउने प्रस्ताव राखेका थिए ।

कांग्रेस केन्द्रीय समितिले ओली नेतृत्वको सरकार ढालेर आफ्नो नेतृत्वको नयाँ सरकार गठनका लागि पहल गर्ने निर्णयबमोजिम देउवाले औपचारिक रुपमा माओवादी केन्द्र र जसपाका नेताहरुसँग छलफल गरेका हुन् ।

देउवाले लोकतान्त्रिक र निष्पक्ष चुनाव गराउन ओली नेतृत्वको सरकार ढालेर नयाँ बनाउनुपर्ने धारणा राखेको स्रोतले बतायो ।

देउवाले राखेको पार्टीको धारणामा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले उत्साहित हुँदै सकारात्मक प्रतिक्रिया दिएको स्रोतले बतायो ।

तर जसपा अध्यक्ष महन्थ ठाकुरले भने ओली सरकार ढाल्ने प्रस्तावमा सहमति जनाएनन् ।

स्रोतले ठाकुरलाई उद्धृत गर्दै भन्यो, ‘अहिले हाम्रो चासो पार्टीका माग सम्बोधन गर्न पक्रिया अघि बढाएको छ । यस्तो बेलामा वर्तमान सरकार ढालेर नयाँ बनाउनेतिर हाम्रो कुनै चासो छैन ।’

ठाकुरले ओली सरकार ढालेर नयाँ निर्माण गर्ने विषयमा आफ्नो पार्टीभित्र छलफल नभएको पनि बताएका थिए । पार्टीमा छलफल भएपछि मात्र यसबारे बोल्ने जानकारी गराएाा थिए ।

बैठकमा सहभागी जसपाका नेता राजेन्द्र महतोले ओली नेतृत्वको सरकार ढालेर कांगे्रस नेतृत्वमा बनाउन राखिएको प्रस्तावमा आफ्नो पार्टीले सहमति नजनाएको प्रष्ट पारे । समाचार आजको नागरिक दैनिकमा प्रकाशित छ ।

images
प्रकाशित मिति :चैत्र २८, २०७७ शनिवार - ०८:३५:३३ बजे

इच्छाकामना न्युज

इच्छाकामना ब्रोडकाष्टिङ मिडिया प्रा. लि. द्वारा संचालित डिजिटल अनलाईन पत्रिका इच्छाकामना न्युज डटकम २०७४ साल जेठ देखि संचालनमा रहेको नेपाली भाषाको अनलाईन न्युज पोर्टल हो। ‘अब गाउँको खबर विश्वभर...’ भन्ने अभियानका साथ संचालित इच्छाकामना न्युज अनलाईन चितवनको इच्छाकामना गाउँपालिकाबाट संचालित पहिलो अनलाईन पनि हो। विशेष गरेर चितवनको इच्छाकामना गाउँपालिका सहित आसपासका स्थानीय तहहरु गोरखाको शहिद लखन र गण्डकी, तनहुँको आँबुखैरेनी र देवघाटका साथै धादिङको बेनिघाट रोराङ गाउँपालिकाको स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा, अपराध, कृषी, पर्यटन, सडक, विज्ञान–प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचारहरु हामी प्राथमिकताका साथ प्रकाशन गर्ने गर्छौ।

सम्बन्धित समाचार
images
images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology