कुरिनटार, १ कार्तिक । चितवनको एकमात्र गाउँपालिका इच्छाकामनामा नेपाली कांग्रेसको भातृ संगठन नेपाल विद्यार्थी संघ (नेविसंघ)ले संगठन विस्तार गरेको छ। शनिबार लेवाटारमा प्रथम अधिवेशन गरि सनम पन्तको अध्यक्षतामा नेपाल विद्यार्थी संघ (नेविसंघ) इच्छाकामना गठन गरेको हो।

यसैबिच उप–सभापतिमा लक्ष्मी त्रिपाठी, सचिवमा करण कुँवर, सह–सचिवमा सफल गुरुङ र कोषाध्यक्षमा बादल परियार चयन भएको छ।अधिवेशनले सर्वसहमतिमा १५ सदस्यीय कार्यसमिति चयन गरिएको सभापति सनम पन्तले जानकारी दिए।
गाउँपालिका उपाध्यक्ष समेत रहनुभएका नेपाली कांग्रेस इच्छाकामनाका सभापति कृतिकुमार श्रेष्ठको प्रमुख आतिथ्य तथा नेपाल विद्यार्थी संघ चितवनका सभापति सुर्य ढकालको सभापतित्वमा सम्पन्न अधिवेशनमा नेपाली कांग्रेस जिल्ला सदस्य विष्णु कुँवर लगायतको समेत उपस्थित रहेको थियो।
