भारतले कोरोना भाइरस (कोभिड–१९)विरुद्धको खोप निर्यातमा अनिश्चितकालीन रोग लगाएको छ । पछिल्लो समय भारतमा दोस्रो चरणको कोरोना सङ्क्रमणको लहर सुरु भएकोले भारतमै खोप आवश्यक हुन सक्ने भन्दै अस्थायीरुपमा खोप निर्यात रोकेको हो ।
अक्सफोर्ड–एस्ट्राजेनेका खोपको सबै निर्यातहरूमाथि रोक लगाइएको भारतीय विदेश मन्त्रालय स्रोतले जानाएको छ । भारतको यो निर्णयले कोभ्याक्स योजनाअन्तर्गत रहेका करिब १९० राष्ट्रलाई असर गर्नसक्ने अनुमान गरिएको छ ।
भारतको यस निर्णयको प्रभावले नेपालमा पनि खोप अभियान प्रभावित हुन सक्छ । भारतले अहिलेसम्म ७६ देशमा गरी ६ करोडभन्दा बढी खोप निर्यात गरिसकेको छ र त्यसमा धेरै अक्सफोर्ड–एस्ट्राजेनेकाकै खोप परेको छ ।