Logo

मंगलवार, भाद्र ९ गते २०८३

images
२०८३, भाद्र ९ गते
images

नेपाल एअरलाइन्सको जहाज कोरोनाविरुद्धको खोप लिन चीन उड्ने

नेपाल एअरलाइन्सको जहाज कोरोनाविरुद्धको खोप लिन चीन उड्ने

इच्छाकामना न्युज

११, चैत्र २०७७
नेपाल एअरलाइन्सको जहाज कोरोनाविरुद्धको खोप लिन चीन उड्ने

काठमाडौं, ११ चैत । नेपाल एअरलाइन्सको विमान कोरोनाविरुद्धको खोप लिन चीन जाने भएको छ । चीनले अनुदानमा दिएको कोरोनाविरुद्धको आठ लाख डोज खोप र अन्य स्वास्थ्य सामाग्री लिन नेपाल एअरलाइन्सको विमान आइतबार बेइजिङ जान लागेको हो ।

images

कोभिड–१९ लगायतका अत्यावश्यक स्वास्थ्य सामग्री लिन निगमको वाइड बडी ए ३३० विमान आउँदो आइतबार बेइजिङ जाने नेपाल एअरलाइन्सले जनाएको छ ।

बेइजिङबाट स्वास्थ्य सामग्री लिएर निगमको विमान भोलिपल्ट राति काठमाडौं फर्किने नेपाल एअरलाइन्सका प्रवक्ता करिश्मा श्रेष्ठले जानकारी दिइन ।

यही चैत १ गतेको मन्त्रिपरिषद्को बैठकले चीनबाट कोरोना विरुद्धको खोप लगायतका सहायता सामग्री स्वीकार गर्ने निर्णय गरेको थियो ।

images
प्रकाशित मिति :चैत्र ११, २०७७ बुधवार - ०८:५०:०५ बजे

इच्छाकामना न्युज

इच्छाकामना ब्रोडकाष्टिङ मिडिया प्रा. लि. द्वारा संचालित डिजिटल अनलाईन पत्रिका इच्छाकामना न्युज डटकम २०७४ साल जेठ देखि संचालनमा रहेको नेपाली भाषाको अनलाईन न्युज पोर्टल हो। ‘अब गाउँको खबर विश्वभर...’ भन्ने अभियानका साथ संचालित इच्छाकामना न्युज अनलाईन चितवनको इच्छाकामना गाउँपालिकाबाट संचालित पहिलो अनलाईन पनि हो। विशेष गरेर चितवनको इच्छाकामना गाउँपालिका सहित आसपासका स्थानीय तहहरु गोरखाको शहिद लखन र गण्डकी, तनहुँको आँबुखैरेनी र देवघाटका साथै धादिङको बेनिघाट रोराङ गाउँपालिकाको स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा, अपराध, कृषी, पर्यटन, सडक, विज्ञान–प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचारहरु हामी प्राथमिकताका साथ प्रकाशन गर्ने गर्छौ।

images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology