Logo

मंगलवार, भाद्र ९ गते २०८३

images
२०८३, भाद्र ९ गते
images

देवघाटको नाल्बुङ्गमा रोटरी क्लब अफ नारायणगढले मनायो बिश्व खानेपानी दिवस

देवघाटको नाल्बुङ्गमा रोटरी क्लब अफ नारायणगढले मनायो बिश्व खानेपानी दिवस

आशिक राना

१०, चैत्र २०७७
देवघाटको नाल्बुङ्गमा रोटरी क्लब अफ नारायणगढले मनायो बिश्व खानेपानी दिवस

देवघाट, १० चैत । तनहुँको देवघाट गाउँपालिका वडा नम्बर ३ नाल्बुङ्गमा रोटरी क्लब अफ नारायणगढले एक कार्यक्रमको आयोजना गरि बिश्व खानेपानी दिवस मनाएको छ। क्लवको अन्तर्राष्ट्रिय डिष्ट्रीक ३२९२ नेपाल भुटानका डिष्ट्रीक कर्भनर  रोटरियन राजिब पोख्रेलको प्रमुख आतिथ्यतामा कार्यक्रम गरि दिवस मनाएको हो।

images

164528824_134621445259588_8082087751743091406_n.jpg

कार्यक्रमका प्रमुख अतिथि अन्तर्राष्ट्रिय डिष्ट्रीक ३२९२ नेपाल भुटानका डिष्ट्रीक कर्भनर  रोटरियन राजिब पोख्रेलले कार्यक्रममा बोल्दै रोटरी क्लबले नेपालको हरेक क्षेत्रहरुमा सामाजिक कार्यहरू गर्दै अगाडी बढेको बताए। साथै उनले ग्रामीण भेगहरुलाई अझै मध्य नजर गरि ग्रामीण भेगहरुमा हुने खानेपानी, स्वास्थ्य र शिक्षा क्षेत्रमा आउने समस्याहरुलाई रोटरी क्लबले दिगो योजना बनाइ धेरै स्थानहरुमा सम्पन्न गरेको समेत बताए।

164129948_1136542186807266_9107325832099302374_n.jpg

कार्यक्रममा बिशिस्ट अतिथि देवघाट गाउँपालिका अध्यक्ष दुर्ग बहादुर थापाले कार्यक्रममा बोल्दै देवघाट गाउँपालिकाको बिकास हरेक क्षेत्रमा निरन्तर अगाडी बढेको बताउदै देवघाट गाउँपालिका वडा नम्बर ३ नाल्बुङ्गमा शुद्ध खानेपानीको समस्यलाई देवघाट गाउँपालिका, रोटरी क्लब अफ नारायणगढ र नालबुङ्ग टोलबिकस समितिको त्रीपक्षय सम्झौता गरि शुद्ध नाल्बुङ्ग  खानेपानी योजना सम्पन्न गर्न सफल भएको बताए।

163999156_428863344880334_2800971858287437584_n.jpg

कार्यक्रममा संस्थापक अध्यक्ष निरञ्जन प्रधान निवर्तमान अध्यक्ष सुसानलाल प्रधान, सर्भिस प्रोजेक्ट डाईरेक्टर गुण्श्वर  महतो लगायतले शुभकामना मन्तव्य राखेका थिए भने स्वागत मन्तव्य नाल्बुङ्ग टोलबिकास संस्थाका अध्यक्ष गंगासिङ्ग  बिसिले राखेका थिए। 

सो कार्यक्रममा राष्ट्रिय लोक दोहोरी तथा कौराहा सर्जक बलबिक्रम थापामगर, पुर्व अध्यक्ष रमेश पौडेल, समाजसेवी  तारानाथ पाठक, नाल्बुङ्ग रोटरी खानेपानी तथा सरसफाइ उपभोक्ता समितिका अध्यक्ष मान बहादुर गुरुङ, आमा समुहका आशा गुरुङ, सामाजिक अभियान्त डा.सुरेन्द्र पाण्डे लगायतको उपस्थिति रहेकोे थियो भने रोटरी क्लब अफ नारायणगढका अध्यक्ष अनुकुल श्रेष्ठको अध्यक्षता कार्यक्रम सम्पन्न भएको थियो।

images
प्रकाशित मिति :चैत्र १०, २०७७ मंगलवार - २१:५९:३७ बजे

आशिक राना

पत्रकार आशिक राना इच्छाकामना न्युजको देवघाट प्रतिनिधी हुन् भने देवघाट गाउँपालिकाको प्रेस संयोजक समेत हुनुहुन्छ।

images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology