संशोधित विधानअनुसार कांग्रेसको केन्द्रीय कार्यसमिति २९७ सदस्यीय हुनेछ। जसमा २३१ जना निर्वाचित हुने र बाँकी ६६ जनालाई सभापतिले मनोनीत गर्ने व्यवस्था छ।
काठमाडौंमा असोज १८ गतेदेखि सुरु भएको महाधिवेशनअन्तर्गत असोज २३ गते रातिदेखि मतगणना सुरु भएको थियो। सात दिनमा मतगणना सम्पन्न भएको हो।
सभापति गगन थापाको नेतृत्वमा नयाँ कार्यसमिति चयन भएको छ। यसपटक विधान संशोधन गरी पदाधिकारी तथा केन्द्रीय सदस्यको संख्या बढाउनुका साथै समावेशिताका आधारमा प्रतिनिधित्व सुनिश्चित गरिएको छ।
नयाँ व्यवस्थाअनुसार वरिष्ठ उपसभापतिमा विश्वप्रकाश शर्मा र महिला उपसभापतिमा पुष्पा भुसाल निर्विरोध निर्वाचित हुनुभएकाे छ। खुला उपसभापतिमा चन्द्र भण्डारी र मधु आचार्य तथा समावेशी उपसभापतिमा विनोद चौधरी निर्वाचित हुनुभएकाे छ।