पार्टीले चक्रपथ (रिङरोड) मा जोडिएको वा नजिकै रहेको, कम्तीमा २० फिट चौडा पक्की सडकले छोएको र कुनै कानुनी विवाद नभएको जग्गा आवश्यक रहेको जनाएको छ।
पार्टीले बढ्दो सांगठनिक आवश्यकता पूरा गर्न तथा दीर्घकालीन संस्थागत स्थायित्व कायम गर्न आफ्नै स्वामित्वमा स्थायी केन्द्रीय कार्यालय निर्माण गर्न लागेको हो।
२०८३ असोज १७ गते बसेको केन्द्रीय समिति बैठकले हालको अस्थायी व्यवस्थापन हटाएर पार्टीको केन्द्रीय कार्यालय आफ्नै स्वामित्वको स्थायी संरचनामा सार्ने निर्णय गरेको थियो। सोही निर्णयअनुसार घर वा जग्गा खरिदको प्रक्रिया अघि बढाइएको पार्टीले जनाएको छ।
कार्यालय सञ्चालनका लागि सहज आवागमन, उपयुक्त वातावरण र पर्याप्त भौतिक पूर्वाधार भएको घर वा भवन निर्माण गर्न मिल्ने जग्गालाई प्राथमिकता दिइनेछ।
पार्टीले सूचना जारी गर्दै इच्छुक घरधनी तथा जग्गाधनीलाई २१ दिनभित्र आफ्नो प्रस्ताव पेस गर्न आग्रह गरेको छ।