काठमाडौं ।प्रहरीभित्रको भ्रष्टाचार र अनियमितताबारे प्रश्न उठाएपछि आफूमाथि निरन्तर आरोप–प्रत्यारोप भइरहेको खगेन्द्र सुनारले बताउनुभएको छ।
सामाजिक सञ्जालमार्फत आफ्नो धारणा सार्वजनिक गर्दै सुनारले आफूविरुद्ध विभिन्न आरोप लगाइँदै आएको बताउनुभएको हो। पछिल्लो समय आफूलाई जोडेर एउटा अडियो सार्वजनिक गरिएको भन्दै उहाँले आपत्तिसमेत जनाउनुभएको छ।
सुनारका अनुसार संसद्को सार्वजनिक लेखा समितिमा प्रहरीभित्रको अनियमितता र भ्रष्टाचारबारे प्रश्न उठाएपछि आफू विभिन्न टिप्पणी र आरोपको निशानामा पर्दै आउनुभएको छ।
आफूलाई जोडेर सार्वजनिक गरिएको अडियोप्रति उहाँले काल्पनिक व्यक्तिको प्रसंग जोडेर महिलाको चरित्रसमेत विवादमा तान्ने प्रयास भएको दाबी गर्नुभएको छ।
प्रहरीभित्रको अनियमितताबारे प्रश्न उठाएको विषयलाई समेत आफूविरुद्ध भइरहेको आरोप–प्रत्यारोपसँग जोड्दै सुनारले आफ्नो धारणा सार्वजनिक गर्नुभएको हो।