काठमाण्डौ, ८ चैत । नेपाली काँग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले आफूपक्षीय नेताहरुसँग आफ्नै निवास बोहोराटारमा परामर्श गर्नुभएको छ ।
पौडेल निवास बोहोराटारमा काँग्रेस महामन्त्री शशांक कोइराला, पूर्वमहामन्त्री प्रकाशमान सिंह, नेता अर्जुननरसिंह केसी, रामशरण महत, मिनेन्द्र रिजाल लगायतका नेताहरुबीच समसामयिक राजनीतिका बारेमा छलफल भएको हो ।
प्रतिनिधि सभा पुनस्र्थापना भएपछि पनि नयाँ सरकार बनाउन नसकिएको, संसदको बैठक पनि प्रभावकारी नभएको, वर्तमानमा काँग्रेसको भूमिकालगायत विषयमा नेताहरुबीच छलफल भएको हो ।
बैठकमा पार्टीको १४ औं महाधिवेशनका सन्दर्भमा पनि कसरी अगाडी बढ्ने भन्नेमा पनि नेताहरुबीच छलफल भएको बताइएको छ ।