काठमाडौं । नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत केन्द्रीय कार्यसमिति निर्वाचनका लागि उम्मेदवारहरूको अन्तिम नामावली सार्वजनिक भएको छ।
केन्द्रीय निर्वाचन समितिले दाबी–विरोध र उम्मेदवारी फिर्ताको प्रक्रिया सकिएपछि बुधबार अन्तिम नामावली सार्वजनिक गरेको हो।
सभापतिमा गगन थापा र श्यामकृष्ण खड्गीबीच प्रतिस्पर्धा हुने भएको छ। वरिष्ठ उपसभापतिमा विश्वप्रकाश शर्मा र महिला उपसभापतिमा पुष्पा भुसाल निर्विरोध निर्वाचित हुनुभएकाे छ।
खुलामा दुई उपसभापति पदका लागि गोविन्द भट्टराई, चन्द्रकान्त भण्डारी, चन्द्रमोहन यादव, दीपक गिरी, धनराज गुरुङ, मधु आचार्य र सुरेन्द्रराज पाण्डे प्रतिस्पर्धामा रहनुभएकाे छ।
समावेशीतर्फको एक उपसभापति पदमा जीवन परियार, फरमुल्लाह मन्सुर, विनोद चौधरी, रञ्जित कर्ण र सीता गुरुङ उम्मेदवार हुनुहुन्छ।
खुला दुई महामन्त्री पदका लागि अमरसिंह पुन मगर, उदयशमशेर राणा, गुरुराज घिमिरे, नैनसिंह महर, प्रदीप पौडेल, शंकर घिमिरे, सन्तोष उपाध्याय र सुनीलकुमार शर्मा प्रतिस्पर्धामा रहनुभएकाे छ। महिला महामन्त्रीमा डिला संग्रौला, महालक्ष्मी उपाध्याय (डिना) र रीता खनाल उम्मेदवार रहेकाे छ।
मतदान बिहीबार बिहान १० बजेदेखि साँझ ६ बजेसम्म हुनेछ। मतदानका लागि प्रदेशअनुसार राष्ट्रिय सभागृह र खुलामञ्चलाई स्थल तोकिएको छ।