Logo

शुक्रवार, कार्तिक २८ गते २०८३

images
२०८३, कार्तिक २८ गते
images

पोशाक खरिद अध्ययन उपसमितिले १९ बुँदे कार्यविधि पारित

पोशाक खरिद अध्ययन उपसमितिले १९ बुँदे कार्यविधि पारित

images

इच्छाकामना न्युज

२१, आश्विन २०८३
पोशाक खरिद अध्ययन उपसमितिले १९ बुँदे कार्यविधि पारित
images

काठमाडौं । निर्वाचन प्रहरी, नेपाल प्रहरी र सशस्त्र प्रहरी बलको पोशाक खरिदसम्बन्धी अध्ययन उपसमितिले १९ बुँदे कार्यविधि सर्वसम्मतिले पारित गरेको छ।

बुधबार सिंहदरबारमा बसेको उपसमितिको पहिलो बैठकले कार्यविधि पारित गर्दै प्राप्त कागजात तथा प्रमाण अध्ययन गर्ने प्रक्रिया तय गरेको हो।

उपसमितिका सभापति एवं राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद मनिष झाले प्राप्त कागजातको अध्ययनलाई प्रभावकारी रूपमा अघि बढाउनु चुनौतीपूर्ण रहेको बताउनुभयो। उहाँका अनुसार उपसमितिको कार्यअवधि दुई महिना अर्थात् मंसिर २० गतेसम्म रहेको छ।

उपसमितिले विभिन्न निकायबाट प्राप्त कागजात तथा प्रमाण सार्वजनिक लेखा समितिको सभाहलमै आवश्यक निगरानीका बीच अध्ययन गर्नेछ। प्राप्त कागजात गोप्य राखिने र कुनै पनि कागजात बाहिर लैजान वा सार्वजनिक गर्न नपाइने झाले स्पष्ट पार्नुभयो।

उपसमितिको अर्को बैठक दशैंपछि बस्ने भएको छ। चाडपर्वका कारण हुने लामो बिदा र सदस्यहरूको जिल्ला भ्रमणले अध्ययन प्रभावित हुनसक्ने झाले बताउनुभयो।

images
प्रकाशित मिति :आश्विन २१, २०८३ बुधवार - २२:४४:१३ बजे

इच्छाकामना न्युज

इच्छाकामना ब्रोडकाष्टिङ मिडिया प्रा. लि. द्वारा संचालित डिजिटल अनलाईन पत्रिका इच्छाकामना न्युज डटकम २०७४ साल जेठ देखि संचालनमा रहेको नेपाली भाषाको अनलाईन न्युज पोर्टल हो। ‘अब गाउँको खबर विश्वभर...’ भन्ने अभियानका साथ संचालित इच्छाकामना न्युज अनलाईन चितवनको इच्छाकामना गाउँपालिकाबाट संचालित पहिलो अनलाईन पनि हो। विशेष गरेर चितवनको इच्छाकामना गाउँपालिका सहित आसपासका स्थानीय तहहरु गोरखाको शहिद लखन र गण्डकी, तनहुँको आँबुखैरेनी र देवघाटका साथै धादिङको बेनिघाट रोराङ गाउँपालिकाको स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा, अपराध, कृषी, पर्यटन, सडक, विज्ञान–प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचारहरु हामी प्राथमिकताका साथ प्रकाशन गर्ने गर्छौ।

सम्बन्धित समाचार
images
images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology