Logo

आइतवार, कार्तिक ९ गते २०८३

images
२०८३, कार्तिक ९ गते
TRENDING
images

‘सभापतिको जति हक र हैसियत, भुइँमा बस्ने कार्यकर्ताको पनि उति नै’ : गगन थापा

‘सभापतिको जति हक र हैसियत, भुइँमा बस्ने कार्यकर्ताको पनि उति नै’ : गगन थापा

images

इच्छाकामना न्युज

२१, आश्विन २०८३
‘सभापतिको जति हक र हैसियत, भुइँमा बस्ने कार्यकर्ताको पनि उति नै’ : गगन थापा
images

नेपाली कांग्रेसका सभापति गगन थापाले पार्टीमा सभापतिको जति नै हक र हैसियत भुइँमा बस्ने कार्यकर्ताको पनि हुने बताएका छन् । पार्टी एउटै परिवार रहेको भन्दै अहिले जिम्मेवारी कसले लिने भन्नेबारे मात्रैमा प्रतिस्पर्धा रहेको जिकिर गरे ।

काठमाडौंमा जारी १५ औं महाधिवेशनको बन्दसत्रलाई सम्बोधन गर्ने क्रममा उनले यस्तो जिकिर गरेका हुन् ।‘कांग्रेस एउटा परिवार हो । परिवारभित्र जिम्मेवारी कसले लिने होला भन्ने हाम्रो प्रतिस्पर्धा हो । जित्ने मान्छेले सबै कुरा जित्ने, हर्ने मान्छेले सबै कुरा हार्ने भन्ने होइन,’ उनले भने ।

साथै, उनले सभापति वा अन्य कुनै पद केवल एउटा समय तोकेर दिइएको जिम्मेवारी मात्रै भएको बताए । ‘यो पार्टीभित्र मेरो जति हक र हैसियत छ त्यति नै हक र हैसियत पार्टीको भुइँमा बस्ने साथीको पनि बराबर छ,’ थापाले भने, ‘पार्टीको सभापति माननीय, सम्माननीय होइन । यो केवल एउटा समय तोकेर दिएको जिम्मेवारी हो ।’

images
प्रकाशित मिति :आश्विन २१, २०८३ बुधवार - १७:४३:०२ बजे

इच्छाकामना न्युज

इच्छाकामना ब्रोडकाष्टिङ मिडिया प्रा. लि. द्वारा संचालित डिजिटल अनलाईन पत्रिका इच्छाकामना न्युज डटकम २०७४ साल जेठ देखि संचालनमा रहेको नेपाली भाषाको अनलाईन न्युज पोर्टल हो। ‘अब गाउँको खबर विश्वभर...’ भन्ने अभियानका साथ संचालित इच्छाकामना न्युज अनलाईन चितवनको इच्छाकामना गाउँपालिकाबाट संचालित पहिलो अनलाईन पनि हो। विशेष गरेर चितवनको इच्छाकामना गाउँपालिका सहित आसपासका स्थानीय तहहरु गोरखाको शहिद लखन र गण्डकी, तनहुँको आँबुखैरेनी र देवघाटका साथै धादिङको बेनिघाट रोराङ गाउँपालिकाको स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा, अपराध, कृषी, पर्यटन, सडक, विज्ञान–प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचारहरु हामी प्राथमिकताका साथ प्रकाशन गर्ने गर्छौ।

सम्बन्धित समाचार
images
images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology