काठमाडौं । नेपाली कांग्रेसकी १८ वर्षीया प्रतिनिधि अभिप्सा पौडेलले पार्टीको केन्द्रीय सदस्य पदमा उम्मेदवारी दर्ता गराएकी छन्।
नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत मंगलबार काठमाडौंस्थित राष्ट्रिय सभागृहमा रहेको मनोनयन दर्ता स्थलमा पुगेर पौडेलले उम्मेदवारी दर्ता गराएकी हुन्।
पौडेलले भूगोलतर्फ बागमती प्रदेशबाट युवा महिला क्लष्टरमा केन्द्रीय सदस्य पदका लागि उम्मेदवारी दिएको बताएकी छन्। १८ वर्षको उमेरमै केन्द्रीय सदस्य पदमा उम्मेदवारी दर्ता गराएपछि पौडेलको उम्मेदवारीलाई महाधिवेशनमा चासोका साथ हेरिएको छ।